दुई प्रदेश जोड्ने पुलको काम तीव्र
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २०:१८:१३
११ जेठ,दमौली । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको हो ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि बन्न लागेको पुलको कामलाई निषेधाज्ञाकै अवधिमा अगाडि बढाइएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी योजनाबाट सञ्चालन हुने विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ ।
वर्षाअगावै पुलको बीचको पिल्लरको भाग सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनले बताए । “वर्षा लागेर नदी बढेपछि काम गर्न सकिँदैन, वर्षा अगावै बीचको काम सम्पन्न गर्ने सके सजिलो हुन्छ,” सिग्देलले भने, “नदीको भागमा चाँही हिउँद लागेपछि शुरु गर्ने तयारी गरेका छौँ ।” सिग्देलका अनुसार तनहुँतर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पातर्फको काम हुन बाँकी छ ।
दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।
पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण भइरहेको छ । पुल निर्माणको अनुगमनका लागि इन्जिनियर खगेन्द्र जोशी, आशिष नेपाल, निर्माण कम्पनीका इन्जिनियर यादव बस्याल र सुदर्शन कोइराला कार्यस्थलमा खटिएका छन् ।
डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।
यहाँ पुल निर्माण शुरु भएपछि स्थानीयवासी पनि खुशी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहजरूपमा आवातजावात गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजारौँ सर्वसाधारण लाभान्वित हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार