कांग्रेसकी नेतृ डा.आरजुद्धारा बर्दिया अक्सिजन बैंकलाई एक लाख सहयोग
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २१:४०:१६
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले बर्दिया अक्सिजन बैंकलाई एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेकी छन् । अक्सिजन नपाएर कोही कोभिड संक्रमितले ज्यान गुमाउन नपरोस् भनेर राणाले सहयोग प्रदान गरेको बताएकी हुन् ।
हाल जापानमा रहेका युवराज अधिकारीको समन्वयमा राणाले उक्त सहयोग रकम प्रदान गरेकी हुन् । यसअघि राणाले धनगढी उपमहानगरपालिकालाई १० लाख नगद सहयोग गरेकी थिइन् ।
वरिष्ठ समाजसेवी राणाले विभिन्न संघसंस्थामार्फत नेपालका विभिन्न जिल्लामा कोरोना नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् भने उनले खाद्यान्नसहित राहत वितरणको कामलाई पनि निरन्तरता दिँदै आएकी छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो लहर सुरु भएदेखि नै समाजसेवी राणाले निरन्तर सहयोग गर्दै आएकी छन् । उनले कोरोना महामारीका बेलाम अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीलगायतलाई सम्मान गरेकी छन् । उनले कोरोना जोखिममा पनि काम गरिरहेका व्यक्तिलाई राज्यले उचित सम्मान गर्ने बताएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार