बिपद्का सारथी बन्दै वडा अध्यक्ष अधिकारी
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २२:२९:५२
११ जेठ, स्याङ्जा । भीरकोट नगरपालिका ७ का ५२ बर्षिय पुरुष कोरोना संक्रमित भए । संक्रमित भएपछि उनलाई होम आइसोलेसनमा राखेर उपचारको प्रवन्ध मिलाइएको थियो ।
एक्कासी उनमा स्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल लैजान उनका परिवारले एम्वुलेन्सलाई खबर गरे । नगर भित्र रहेका दुई ओटै एम्वुलेन्स पोखरा गएकाले अस्पताल लैजान सवारी साधन पाएनन् । गाँउमा भएका सवारी साधनले कोभिड देखिएको भन्दै उनलाई अस्पताल लैजान नमानेपछि परिवार झनै पिडावोधमा परे ।
एम्वुलेन्सको अभावमा बुवालाई बचाउन नसकिने पिडामा रहेका उनीहरुले आफ्नै वडा अध्यक्षलाई फोन गरेर सवारी साधन मिलाई दिन आग्रह गरे । उनले पनि कतैबाट सवारी साधनको जोहो मिलान नसकेपछि आफ्नै समकक्षी वडा अध्यक्षलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरे । उनी थिए भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ।
तत्कालिन अवस्थामा स्याङ्जामा अकिसजन सहितको आइसोलेसन कक्ष थिएन । अधिकारीले उनलाई आफ्नो गाडीमा राखेर पोखरा मनिपाल हस्पिटलमा पुयाए । उनको उपचार भयो अहिले उनी कोरोना जितेर घर फर्के ।
वडा अध्यक्ष अधिकारीले बुवाको ज्यान बचाइदिएको भन्दै परिवार खुशी छन् । अधिकारी पनि यो महा विपद्मा सहयोग गर्न पाएर नागरिकको ज्यान बचाउनबाट जोगिएको प्रति पनि खुशी छन् ।
जिल्लाका कोरोना संक्रमणको भयावह नहुदै उनले गरेको यो सफलताबाट उनमा यो विपत्तीमा जनताको सेवा गर्नुपर्छ भन्ने भाव जागेपछि अहिले उनी भीरकोट र वालिङ नगरपालिकाका विपत्तीमा परेका जनताको सारथी बनेका छन् ।
अर्का ६५ बर्षिय पुरुषको पनि उस्तै समस्या आयो । उनलाई पनि अधिकारीले आफ्नै सवारी साधनमा अस्पताल पु¥याए उनको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । यी दुई पात्र मात्रै होइनन् भीरकोट नगरपालिका भित्रका नागरिकका विपद्का सारथीका रुपमा अधिकारी अहिले कहलिएका छन् । सामाजिक सञ्जालमा अहिले उनको बखान गरेको देख्न पाइन्छ ।
भीरकोट नगरपालिकामा कोरोना संक्रमण बढ्न थालेपछि अधिकारीले सबै भन्दा पहिला आफ्नो वडामा संक्रमण न्युनिकरण गर्ने अभियान देखि समस्यामा परेका नागरिकको उद्धारका लागि टोल समिति नै खटाउने गरी निर्माण गरेका थिए । जसले भीरकोट ५ मा जे समस्या आइलाग्छ छलफलबाट समाधान खोजीने र तुरुनै निराकरण गर्ने गरिएको अधिकारीले बताए ।
नगरभित्र अधिकारीले भीरकोट जेसिज सगँ समन्वय गरी विपद्का लागि दर्जनौ युवा तयार गरेका छन् । युवाको नामै कोरोना संक्रमण फाइटर नामाकरणले चिनिएका छन् ।
बिरामीलाई अस्पताल लैजाने देखि होम आइसोलेसनमा बसेर उपचार गरिरहेका संक्रमितको रेखदेख र औषधी पु¥याउने सेवामा २४ सै घण्टा अधिकारी लगायतको टोली अहिले पनि तल्लीन रहेका छन् । संक्रमणबाट निधन भएका व्याक्तिको दाहसंस्कारमा समस्या आएमा पनि यो टोलीले व्यवस्थापन गर्नेगरी तयारी अवस्थामा रहेको अधिकारीले बताए ।
एम्वुलेन्स समयमै नपाएर ज्यान गएका खबरहरु बाट प्राडित बनेका बेला वडा अध्यक्ष अधिकारी आफ्नो वडामा कुनै नागरिकले सवारी साधन नपाएर ज्यान गुमाउन नपरोस भन्ने भुमिका खेलेका छन् । ९७ वडा रहेको जिल्लामा आफ्नो साम, दाम र श्रम खर्च गरेर जनताका लागि खटेका वडा अध्यक्ष पहिलो कहलिएका छन् ।
यो माहासंकटका बेला अक्सिजन नपाएर र सवारी साधनको जोहो गर्न नसकेर ज्यान जाने खतराबाट उनले जोगाएको सामाजिक अगुवा तोयनाथ अर्यालले बताए । उनले भने, जनप्रतिनिधि यस्तो हुनुपर्छ विपद्मा नागरिकको सहयोगी । जनप्रतिनिधिले संकटका बेला सामाजिक दायीत्वको भुमिका निर्वाह गर्नु पर्छ यो स्वास्थ्य क्षेत्रको महासंकटमा उनले भुमिका खेले अर्यालले भने ।
अहिले सम्म ५६ जना कोभिडका बिरामीको उनले उद्धार गरेका छन् । आफ्नो वडामा अहिले सम्म २६ जनामा संक्रमण देखिएको र सबैको होम आइसोलेसनमा राखेर उपचार गरिरहेको अधिकारीले बताए ।
अधिकारीले बेला बेलामा एन्टिजिन मार्फत आफ्नो स्वास्थ्य अवस्था चेक गरेको बताएका छन् । अहिले सम्म उनको कोरोना नेगेटिभको नतिजा आइरहेको भीरकोट स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालले बताए । स्याङ्जामा अन्य वडा अध्यक्षले विपद्मा काम गरेको भएपनि अधिकारीको जस्तो खटनपटन भने उत्कृष्ट देखिएको छ । वडा अध्यक्ष अधिकारीले जस्तै देशभरका जनप्रतिनिधिले काम गर्ने हो भने जनताले जनप्रतिनिधिको अनुभुति पाउने थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार