रासस कार्यकारी सम्पादक बस्नेतलाई ‘नरहरी खनाल स्मृति पुरस्कार’
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २३:३०:१
११ जेठ,दमौली । ‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलोपटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई अर्पण गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँ जिल्लाशाखाद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार पाँच सय ५५ सहित सम्मानपत्र रहेको छ ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । स्व शिक्षक खनालको स्मृतिमा उनको छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गरेका थिए । उनी नेपाल विद्यार्थी संघको पूर्व सहमहामन्त्री समेत थिए ।
सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भएपनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिए । युनियनका पूर्व जिल्ला अध्यक्ष समेत रहेका वरिष्ठ कार्यकारी सम्पादक बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गरेका थिए । राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराको प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उनले काम गरिसकेका छन् । नेपाल पत्रकार महासंघ रासस शाखाका पूर्व अध्यक्ष समेत रहनु भएका उनले रासस सञ्चालक समितिको सदस्यको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार