होम आइसोलेसनका संक्रमितलाई औषधि सहयोग
नेपालबहस संवाददाता
जेठ ११, २०७८ बुधबार ०:२७:३७
११ जेठ,काठमाडौं । कोथिना मीठो छ हस्पिटालिटी स्कूलले होम आइसोलेसनमा बसेका कोरोना संक्रमित बिरामीलाई आवश्यक औषधि सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँको लाजिम्पाटमा सञ्चालित उक्त स्कूलले कोरोना पोजेटिभ भएर घरमा बसिरहेका संक्रमितलाई डाक्टरको सल्लाहअनुसार आवश्यक पर्ने औषधि र स्वास्थ्य स्वयम्सेवकलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
कोरोना संक्रमित बिरामीको लागि आवश्यक पर्ने भिटामिन ‘सी’, भिटामिन ‘डी’, जिङ्क चक्की, कोडोमोल ट्याब्लेट, विटा टु, थर्मोमिटरलगायतका एक जना संक्रमितका लागि रु एक हजार ३६५ मूल्य बराबरको औषधि वितरण गरिएको स्कुलका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र पोखरेलले जानकारी दिए ।
यस्तै, सो स्कूलले स्वास्थ्य स्वयम्सेवकका लागि पिपिई, माक्स, स्यानिटाइजर, ग्लोब्सलगायतका सामाग्री समेत सहयोग गरेको छ । थप उपचार गर्नुपर्ने बिरामीलाई समेत समयमा सल्लाह र सुझाव प्रदान गर्दै आएको छ । एशोसियशन नेपाल आकी मुनाफारहित संस्थाबाट सञ्चालित उक्त स्कूलले गोरखाको बारपाक–सुलिकोट गाउँपलिकामा ६४ संक्रमित, पालुङटार नगरपालिकामा १०० संक्रमित र सिरानचोक गाउँपालिकाका ३० संक्रमितका लागि औषधी र अक्सोमिटर पठाइसकेको छ ।
“ग्रामिण क्षेत्रमा कोरोना रिपोर्ट पोजेटिभ आएर आत्तिएका जनतालाई थोरै भएपनि राहत पुग्ने उदेश्यले हामीले प्राथमिक स्वास्थ्य उपचारका लागि उक्त औषधि पठाएका हौँ, जनता रोगले आत्तिएको बेलामा यसले थोरै भएपनि सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, सिईओ पोखरेलले भने । सो औषधिका लागि सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, गोरखाको आरुघाट गाउँपालिकाबाट समेत माग आएको छ ।
स्थानीय जनप्रतिनिधीसँग सहकार्य गरेर उक्त सहयोग गर्दै आएको पोखरेलको भनाइ छ । उक्त सहयोगका लागि समाजसेवी तथा वरिष्ठ इब्जिनीयर अशोककुमार श्रेष्ठले समेत सहयोग गरेका छन् । एक दशक पहिले स्थापना भएको उक्त हस्पिटालिटी स्कूलले विस २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको समयमा काठमाडौँ, गोरखा, धादिङ, काभ्रेपलाञ्चोकलगायका जिल्लामा भूकम्पपीडित जनतालाई सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार