गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ गते
नेपालबहस संवाददाता
जेठ ११, २०७८ बुधबार ०:३९:०
११ जेठ, पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सिफारिश गरेको छ ।
गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमूख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
प्रवक्ता बस्नेतका अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश सरकारले उक्त सिफारिस गरेको हो । यसअघि वैशाख २ गते विपक्षी दलहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तत्कालिन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए ।
प्रदेश प्रमूख शेरचनले वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका थिए । त्यस दिन जनमोर्चाका एक प्रदेससभा सदस्य सम्पर्कमा नआएपछि बैठक स्थगित भएको थियो ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकको अर्को निर्णय भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रदेश सडक सम्बन्धी विधेयकको निर्माणको सैद्धान्तिक स्वीकृत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार