बजारमा दैनिक उपभोग्य वस्तुको मनपरी मूल्य
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १९:५:४१
१२ जेठ,डोटी । कोरोना संक्रमणका कारण जिल्लामा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिना ९निषेधाज्ञा० को तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ ।
कोरोना संक्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताए । उनले भने, “कोरोनाको बेला सबै बन्द छ, बजार अनुगमन गरिएको छैन, व्यापारीले मनपरी मूल्य लिन थालेकाले उपभोक्ता मारमा परे ।” उनका अनुसार ५०० एमएलको खाने तेल निषेधाज्ञाअघि रु ९० हाल रु ११० लिन थालिएको छ । त्यस्तै अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि भएको छ ।
यहाँका बजारमा विभिन्न खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुने गरेको पटकपटक उठ्ने भए पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि खासै पहल नहुने गरेको अर्का स्थानीयवासी मानबहादुर बमले बताए । उनले भने, “बन्दाबन्दीलगायत अन्य समयमा पनि बजारमा पसलै पिच्छे सामानको मूल्य फरक हुन्छ, कसैले वास्ता गर्दैन अहिले झन् कोरोनाले सबै बन्द छ, कोले अनुगमन गर्नु ।”
जिल्ला प्रशासन कार्यालय डोटीले भने यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै पनि निकायबाट गुनासो तथा उजूरी नआएको जनाएको छ । बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य सङ्घले खासै चासो नदेखाएका कारण यहाँका बजारमा सामानको मूल्यमा व्यापारीको मनपरी हुँदै आएको उपभोक्ताको गुनासो छ ।
पछिल्लो समय यहाँका व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरूको मूल्य बढाएको राजपुरका स्थानीय होटेल व्यवसायी हर्क साउदले गुनासो गरे । उनले भने, “कोरोनाले होटेल बन्द छन्, घरका लागि सामान किन्न खोज्दा, खाद्यान्न व्यापारीले भाउ बढाएका छन्, हामीले के गरी खाने ।” व्यापारीहरूको सङ्गठन उद्योग वाणिज्य सङ्घले पनि यहाँका बजारमा अनुगमन नगरिँदा तथा मूल्य बढाउने व्यापारीलाई कारबाही नगरेका कारण झनै समस्या भएको उनको भनाइ छ ।
उता उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि गरिएको प्रमाणसहित गुनासो वा उजूरी आए तत्काल कारबाहीका लागि सिफारिस गरिने बताए । उनले भने, “मानिसलाई ज्यान जोगाउन गाह्रो भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्नेलाई कारबाही हुन्छ, मूल्य वृद्धि गरेर सामान बेच्नेको नाम फोनमै टिपाए पनि हुन्छ ।” सामान्यतया यहाँका बजारमा तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तुको मूल्य शत्प्रतिशत वृद्धि भएको उपभोक्ता बताउँछन् । भटमासको तेल प्रतिलिटर १६५, दाल, चामल र अन्य तरकारीमा पनि रु २० देखि ३० सम्म बढाएर व्यापारीले बेच्ने गरेको गुनासो उनीहरूको छ । व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका कारण सबैभन्दा बढी यहाँ गरी खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लका श्यामबहादुर दासले बताए । उनले भने, “व्यापारीले जति मूल्य बढाए पनि जागिर भएका त किनेर खान सक्छन्, हामी दैनिक मजदूरी गरी खानेलाई समस्या भयो, रोगभन्दा पनि भोकले मर्ने भयो हामी त ।”
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको विषयमा तत्काल अनुगमन गरिने जानकारी दिए । जिल्लाका प्रमुख बजारमा दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने तथा अरू बेला नहुने गरेका कारण पनि यहाँका बजारमा सामानको मूल्यमा एक रुपता नहुने गरेको कतिपय उपभोक्ताको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार