अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १९:५२:३७
१२ जेठ, जेरुसेल । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गरेको छ । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उनी इजिप्ट र जोर्डनको भ्रमण गर्न लागेको हो ।
इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धबिरामलाई स्थायित्व दिने प्रयास स्वरुप विदेश मन्त्री ब्लिन्केन इजरायल, प्यालेस्टाइन, इजिप्ट र जोर्डनको भ्रमण गरेको हो ।
इजिप्टको कायरोतर्फ प्रस्थान गर्नुअघि विदेश मन्त्री ब्लिन्केनले बुधबार इजरायली अधिकारीहरुसँग भेटवार्ता गरेको थियो । युद्धबाट जर्जर भएको गाजा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन अमेरिकाले सम्पूर्ण प्रयास गर्ने मन्त्री ब्लिन्केनले प्रतिबद्धता व्यक्त गरेको छ ।
तर उनले अमेरिकी अग्रसरतामा उपलब्ध हुने सहायता हमास समूहलाई उपलब्ध नहुने स्पष्ट गरको छ । कायरो प्रस्थान गर्नुअघि ब्लिन्केनले इजरायली राष्ट्रपति रुभेन रिभलिनलाई आगामी हप्ताहरुमा अमेरिका भ्रमणका लागि राष्ट्रपति बाइडेनले गरेको आमन्त्रण पत्र हस्तान्तरण गरेको थियो । रिभलिनको कार्यालयका अनुसार राष्ट्रपति रुभिन रिभलिनले बाइडेनको आमन्त्रणलाई स्वीकार गरेको छ ।
ब्लिन्केनले इजिप्ट र जोर्डनले यस क्षेत्रमै शान्ति ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । अमेरिकी गठबन्धनका यी दुई मुलुकहरुले इजरायलसँग शान्ति सम्झौता गरिसकेका छन् । दुबै मुलुकले इजरायल र प्यालेस्टिनी नागरिकबीच उत्पन्न हुने संकटका अवस्थामा मध्यस्थता गर्दै आएका छन् ।
विदेश मन्त्री ब्लिन्केनले मङ्गलबार पत्रकारहरुसँग कुरा गर्दै युद्धबिराम गराउन इजिप्टले अति महत्वपूर्ण भूमिका निर्वाह गरेको र जोर्डनले क्षेत्रीय शान्ति एवं स्थायित्वका लागि निरन्तर आवाज उठाउने गरेको बताए ।
इजरायल र गाजासँग सीमा जोडिएको इजिप्टमा विदेश मन्त्री ब्लिन्केनले राष्ट्रपति अब्देल फताह अल–सिसि र अन्य वरिष्ट अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ । ब्लिन्केनले इजरायल र हमासबीच युद्धबिरामका लागि मद्दत गर्न फोन समेत गरेको थियो ।
विदेश मन्त्रीका रुपमा ब्लिन्केनको यो मध्यपूर्वको पहिलो औपचारिक भ्रमण हो । मङ्गलबार इजरायली र प्यालेस्टिनी अधिकारीसँग भएका भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले दुबै पक्षबीच वार्ता गराउन वातावरण तयार गर्ने विश्वास दिलाएको थियो ।
ब्लिन्केनले प्यालेस्टिनीका लागि चार करोड अमेरिकी डलरको सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । यो सहित बाइडेन प्रशासनले प्यालेस्टाइनका लागि करिब ३६ करोड डलरको सहायता उपलब्ध गराउने छ ।
विगतमा ट्रम्प प्रशासनले उक्त सहायता रोक्का गरिदिएको थियो ।पश्चिम किरानाको रमाल्लाहमा प्यालेस्टाइन अथरिटीका राष्ट्रपति महमुद अब्बाससँगको भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले प्यालेस्टिनी जनताको पक्षमा अमेरिका उभिइरहने प्रतिबद्धता व्यक्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार