संसद भंग असंवैधानिकः नेपाल बार एशोसिएशन
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार २०:१०:५२
१२ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ ।
बारले आज विज्ञप्ति जारी गर्दै यस्तो ठहर गरेको हो । नेपालको संविधानमा गरिएको व्यवस्था विपरित आफ्नो अनुकूल हुनेगरी अपव्याख्या भएकोले त्यसलाई सर्वाेच्च अदालतले फेरि प्रष्ट्याइदिनुपर्ने अवस्था आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा भएको व्यवस्थाविपरित जेठ ८ गते मध्यरातमा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले तत्काल सच्याउने काम गरिनुपर्ने उल्लेख गरिएको छ । यस्तो असंवैधानिक कदमले संवैधानिक सर्वाेच्चता, विधिको शासन र मानव अधिकारसमेतको हनन भइ संविधान नै संकटमा परेको ठहर पनि बारले गरेको छ ।
संविधानको धारा ७६(३)को प्रधानमन्त्रीले राजीनामा नदिई ७६(५)मा जान नसक्ने भन्दै त्यस्तो सरकारले गरेको सिफारिश बमोजिम प्रतिनिधिसभा भंग हुन नसक्ने पनि बारले प्रष्ट पारेको छ ।
जनप्रतिनिधि संस्था भंग गरेर अध्यादेशबाट शासन चलाउने प्रधानमन्त्री ओलीको चाहना रहेकाले त्यसका विरुद्ध सर्वाेच्च अदालतले उपयुक्त निर्णय दिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
गुलसनले लिए यूएईको दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई पहिलो सफलता, सोमपालले लियो पहिलो विकेट
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो - सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम नगर्नु
बैशाख ७, २०८१ शुक्रबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार