जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १४:५८:३
१३ जेठ, सिमकोट । आधार नेपाल हुम्लाले रानीवन क्वारेन्टाइन र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लामा रहेको एक मात्र स्वास्थ्य सेवा कार्यालय हुम्ला र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको रानीवनमा रहेको क्वारेन्टाइनलगायत आइसोलेशनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको आधार नेपाल हुम्लाका शिक्षा कार्यक्रम अधिकृत कुन्जोक लामाले बताए ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनमा सहयोग गर्न स्वास्थ्य सेवा कार्यालय हुम्लाले माग गरेअनुसार बुधबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र हुम्लाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको रोहवरमा उक्त सामग्री सहयोग गरिएको लामाले बताए । जिल्लाभरि कोभिड–१९ महामारीका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत लामाले बताए ।
आधार नेपाल हुम्लाले अक्सिजन कन्सन्टे«टर एक थान, केएन ९५ मास्क ५०० थान, सर्जिकल मास्क ६०० थान, स्यानिटाइजर ९६ बोतल, सर्जिकल पञ्जा ६०० थान, १० वटा पीपीई सेट, पाँच जोर बुट, ३० वटा फेस सिल्ड, पेट्रोल १०५ लिटर र डिजेल १०५ लिटर उपलब्ध गराएको छ
विपन्नलाई खाद्यान्न सहयोग
जाजरकोट : छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ । आफ्नै जमीनमा उत्पादन गरेको अन्नले छ महिना खान नपुग्ने छेडागाडभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार रु १० हजार ८१५ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटका छवि पन्तले जानकारी दिए ।
कोभिडका कारण समस्यामा परेर हैरानी बेहोरेका विपन्न सर्वसाधारणलाई सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चले ८२२ घरधुरीलाई खाद्यान्न उपलव्ध गराएका हुन । करिब रु ८९ लाख बराबरको खाद्यान्न दिइएको पन्तले जानकारी दिए । त्यस्तै दुई हजार ६७३ बालबालिकालाई सरसफाइका सामग्रीसमेत वितरण गरिएको छ ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन आपूर्ति गर्नका लागि मञ्चले रु १५ हजार सहयोग गरेको कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार