बजेट पर्सी, आर्थिक सर्वेक्षण भोलि
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १६:५३:१२
१३ जेठ, काठमाडौं । लामो विवाद र गलफत्तीपछि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । यसका लागि पर्सि शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने भएका छन् ।
प्रतिनिधिसभा पुनस्थापना हुने सम्भावना रहेको र आर्थिक वर्ष साउनबाट मात्रै प्रारम्भ हुने भएकाले अध्यादेशबाट बजेट ल्याउन नहुने भन्दै सरोकारवालाहरुले आवाज उठाएका थिए । तर प्रधानमन्त्री केपी ओलीले त्यसको बेवास्ता गर्दै जेठ १५ मा नै बजेट ल्याउने भएका हुन् ।
यसका लागि अर्थमन्त्रालयले भोलि शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको मन्त्रालय स्रोतले बताएको छ । भोलि दिउँसो २ बजे जुममार्फत सर्वेक्षण सार्वजनिक गरिने भएको हो । यस प्रयोजनका लागि सीमित पत्रकार र फोटो पत्रकारलाई मन्त्रालय प्रवेश गर्न दिइने पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण अर्थात बजेट भने शनिबार अपरान्ह् ४ बजे बालुवाटारबाट सार्वजनिक गरिने जानकारी पनि मन्त्रालयले दिएको छ ।
चुनाव घोषणा भएकाले सरकारले पपुलिष्ट बजेट ल्याउने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले यसपटक बृद्ध भत्ता बढाउने घोषणा यसअघि नै गरिसकेका छन् । साथै, यसपाली निजामती कर्मचारीको तलव भत्तासमेत बृद्धि हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार