राष्ट्रपतिको कदम घोर अप्रजातान्त्रिकःदेउवा
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १८:२१:१८
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले वहुमत सांसद्को हस्ताक्षर बुझाउँदासमेत राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरी संविधानकै धज्जी उडाएको बताएका छन् ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको उपलक्ष्यमा आज भर्चुअल संवोधन गर्दै सभापति देउवाले संविधानको धारा ७६(५) ले प्रतिनिधिसभाको कुनैपनि सदस्यले वहुमत जुटाउन सक्ने व्यवस्था गरेको स्मरण गराए । कतिपयले यो निर्दलीय अभ्यास भनेको सुनें ,त्यसो होइन, यस्तो आरोप लगाउनेले एकपटक संविधान पढ्नुपर्ने उनको तर्क थियो ।
प्रतिनिधिसभाका कुनैपनि सदस्यले विश्वासको मत पाउने भरपर्दाे आधार प्रस्तु्त गरेमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले नियुक्त गर्नुपर्छ भन्ने प्रष्ट उल्लेख छ– देउवाले भने । गएको शुक्रबार देउवाले प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिलाई पत्र बुझाएका थिए । तर प्रधानमन्त्री केपी ओलीले भने दलीय व्यवस्था अनुसार आफ्नो पक्षमा एमाले र जसपाको सबै सांसद्को समर्थन रहेको भन्दै दाबा पेश गरेका थिए । राष्ट्रपतिले भने दुबैको दाबी नपुग्ने भन्दै ओली सरकारले गरेको सिफारिशमा फेरि प्रतिनिधिसभा भंग गरेकी थिइन् ।
राष्ट्रपतिलाई शंका थियो भने पार्लियामेन्ट बोलाएर भेरिफाई गर्न सक्ने अवस्था थियो नि , तर त्यसो नगरी ओलीकै एकल सिफारिशमा संसद् भंग गरियो , यो घोर अप्रजातान्त्रिक र असंवैधानिक काम हो – देउवाले भने ।
राष्ट्रपतिकै गलत कामले गर्दा आज कोरोनाका बेला समेत देशमा राजनीतिक संकट आइलागेको भन्दै उनले यसको छिनोफानो सम्मानित सर्वाेच्च अदालतले यथाशीघ्र गर्ने विश्वास व्यक्त गरे । युनियनको आज ३१ औं स्थापना दिवस हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार