पत्रकार महासंघद्धारा १३७ अक्सिजन सिलिण्डर सहयोग
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २१:५५:२
१३ जेठ,सिन्धुपाल्चोक । कोरोना संक्रमित बढ्दै गएको र अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले तत्कालका लागि १३७ सिलिण्डर अक्सिजन भरेर सबै आइसोलेशनमा पठाउने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यहाँका लागि अक्सिजन उपलब्ध गराएका हुन् ।
आइसोलेशनमा अक्सिजन अभाव भएको र तीन दिन लाइन बस्दा पनि सहजरूपमा अक्सिजन उपलब्ध नभएपछि पत्रकार महासंघले ढकालसँग समन्वय गरी एकैपटक ठूलो सङ्ख्यामा सिलिण्डर भरेर प्रदान गर्न लागिएको हो । छिमेकी जिल्लामा अक्सिजन भर्न समस्या भएपछि यसअघि यहाँ प्रमुख जिल्ला अधिकारी भएर बसेकार हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालको समन्वयमा अक्सिजन भर्न लागिएको पत्रकार महासंघका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।
कोरोना महामारी बढेपछि नेपाल पत्रकार महासंघले कोभिड–१९ राहत कोष स्थापना गरेको थियोे । त्यही कोषबाट हाल १३७ सिलिण्डर अक्सिजन भरेर जिल्ला ल्याउन लागिएको उपाध्यक्ष थापाले जानकारी दिए । महासंघले स्थापना गरेको कोषमा हालसम्म रु १३ लाख सङ्कलन भएको छ । जिल्लामा अक्सिजन अभाव भएको थाहा पाएपछि आफूले समन्वय गरेर सुनसरीबाट अक्सिजन भरेर पठाउन लागिएको सुनसरीका प्रजिअ ढकालले जानकारी दिए ।
अब यो सिलिण्डर सिन्धुपाल्चोकमा आएपछि कम्तीमा १० दिनका लागि अक्सिजन समस्या नहुने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा दत्त चापागाईँले जानकारी दिए । महासंघले स्थापना गरेको कोषबाट आइसोलेशनमा रहेका बिरामीलाई अन्य स्वास्थ्य सामग्री र पोषिलो खानेकुरासमेत उपलब्ध गराइने महासंघका उपाध्यक्ष थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार