महामारीमा सारथी बन्दै सपना भिलेज
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २२:२२:१३
१३ जेठ,चितवन । मानव जगत्मा आइपरेका हरेक दुःखमा सपना पुग्ने गरेको छ । भूकम्प, आँधीबेहरी, बाढीपहिरो हुँदै कोभिडको दोस्रो लहरमा पनि यहाँको सपना भिलेज सोसल इप्याक्ट पुग्ने गरेको हो । पछिल्ला दिनमा अधिकांशका सामाजिक सञ्जालमा छाइरहेको सपना भिलेजले अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । केही दिनमै निषेधाज्ञाका कारण प्रभावितका लागि खाद्यान्न वितरण गर्ने तयारी गरिएको छ ।
संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार एउटा गाडीलाई एम्बुलेन्स बनाएर कोभिडको अभियानमा सहयोगको शुरुआत गरिएको हो । सो गाडीले ३५ जनालाई अस्पताल र आइसोलेशनसम्म पु¥याइसकेको छ । यससँगै भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर, इच्छाकामना गाउँपालिकालाई पाँच थान र बकुलहर रत्ननगर अस्पताललाई २० थान सिलिण्डर वितरण गरिसकिएको छ ।
रु एक लाख ६५ हजार बराबरको पिपिई सेट, मास्क र ग्लोब्स अस्पताललाई वितरण गरिएको उनले जानकारी दिए । जिल्लाका पत्रकारका लागि रु दुई लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । चीनबाट १० लिटरका १० थान अक्सिजन कन्सनट्रेटर झिकाइएको गिरीले बताए । कन्सनट्रेटरलाई चीनमा नै एक थानको रु एक लाख ३५ हजार नेपाली परेको उनको भनाइ छ । केही दिनभित्रै यहाँ ल्याएर आवश्यकतानुसार सेवा दिइने बताइएको छ ।
सपना भिलेजले खाद्यान्नको अभाव भएकालाई वितरण गर्नका लागि रु १५ लाखको फुड प्याकेज तयार गरेको छ । सो संस्थाले कोभिडको पहिलो लहरमा रु ३५ लाख बराबरको खाद्यान्न वितरण गरेको थियो । गिरीको भनाइमा विसं २०७२ को भूकम्प गएपछि रु ४५ लाख बराबरको खाद्यान्न सम्बन्धित जिल्लामा गएर वितरण गरिएको थियो ।
कोरोना संक्रमण अझै बढ्दै गएमा थप सामाजिक सेवाका काम थाल्ने सपना भिलेजको योजना छ । तराइमा आँधीबेहरी आउँदा होस् वा पहाडमा बाढीपहिरो सबै ठाउँमा सपना भिलेज पुग्ने गरेको गिरी बताउछन् । गिरीसँगै सपना भिलेज सोसल इम्प्याक्ट समितिमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेल, अधिवक्ता सजनराम भण्डारी र व्यवसायी अजितमान प्रधान छन् ।
विगत नौ वर्षदेखि यो संस्थाले काम गर्दै आएको छ । गिरीले नेतृत्व गरिरहेको सौराहाको सपना भिलेजमा आउने एक पाहुनाको रु ५०० यो अभियानमा खर्च गरिन्छ । यससँगै नेदरल्याण्डमा रहेको सेमी फाउण्डेशनले मुख्य सहयोग गर्दै आएको छ ।
संस्थाका सदस्य डा पौडेलका अनुसार यसका अतिरिक्त ग्रामीण क्षेत्रमा कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यमा संस्थाले काम गरिरहेको छ । सिद्धीको विकासमा एक कदम भन्ने तीनवर्षे कार्यक्रम सम्पन्न गरेको उनको भनाइ छ । यससँगै इच्छाकामना गाउँपालिका वडा नं ८ र ९ मा अहिले वातावरण बचाउँदै विकास गर्ने योजनाका साथ स्थानीयवासीसँग काम गरिरहेको पौडेलले जानकारी दिए ।
सोही संस्थाले रत्ननगरको मालपुरमा रहेको मुसहर बस्तीमा पनि गरिबी निवारणका लागि काम गरिरहेको छ । यी परियोजनामा रु पाँच करोडभन्दा बढी लगानी भइसकेको संस्थाले जनाएको छ । रत्ननगरका प्रमुखसमेत रहेका संस्थाका सदस्य वन दुःखमा साथ दिन यो संस्था निरन्तर लागिरहेको बताउछन् । विषम परिस्थितिमा तत्कालका लागि राहत दिलाउनेदेखि गरिबको जीवनस्तर उकास्न संस्थाको महत्वपूर्ण भूमिका रहेको वनको भनाइ छ ।
इच्छाकामनाका अध्यक्ष गीता गुरुङ ग्रामीण क्षेत्रमा स्थानीयवासीको जीवनस्तर उकास्न सपना भिलेजको महत्वपूर्ण योगदान रहेको बताउछन् । आफ्नो गाउँपालिकामा पछाडि परेका बहुसङ्ख्यक चेपाङसहितका बासिन्दालाई सहयोग गर्दै आएको गुरुङको भनाइ छ । अहिले कोरोना संक्रमणको समयमा यस संस्थाले महत्वपूर्ण सहयोग गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार