डोटीमा अज्ञात समूहले आगो लगाउँदा महिला गम्भीर घाइते
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २३:३४:३६
१३ जेठ,डोटी । जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो लगाउँदा गम्भीर घाइते भएको बताए । उनले भने, “आगोले जलेर लक्ष्मी गम्भीर घाइते भएकी छिन्, कसले र किन आगो लगायो भन्ने विषयमा प्रहरी टोली घटना स्थलमा खटिएको छ, विस्तृत अनुसन्धान हुँदै छ ।”
महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लक्ष्मीको ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा सम्लग्न सुजङ अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको बुझिएको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।
प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल त्यो भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय मौवा नगरदहबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए । उनले भने, “घटनास्थलमा डिजल जस्तो गन्ध आएको छ, पेट्रोल, डिजल वा मट्टीतेल के हो यकिन गर्न सकिएको छैन्, अन्य अनुसन्धानबाट विस्तारै खुल्छ होला ।”
घटना लगतै लक्ष्मीका श्रीमान सन्तोष फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका श्रीमान पक्राउ परेपछि घटनाको विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्ले जानकारी दिए । फरार भएका सन्तोष गाडी चालक भएको र उनकी दुई श्रीमती भएका कारण उनले नै घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार