गायक प्रमोदले कोरोनालाई सहजै परास्त गरे
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २३:५४:३८
गायक प्रमोद खरेलले कोरोना भाइरसलाई सहजै परास्त गरेका छन् । आइसोलेसनबाट आजबाट मात्रै बाहिर निस्किएका प्रमोदले सामाजिक सञ्जाल ट्वीटरमा एक विचार लेख्दै भनेका छन्, सुरुवातको ५ दिन निकै डर लागेको थियो ।
गतबर्ष पनि कोरोना संक्रमण भएको थियो । गतबर्ष भने उनले कोरोनालाई सहजै परास्त गरे । खासै समस्या भएन । उनै, प्रमोदले एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका थिए । यसैले, पनि यसपटक आफूलाई कोरोना संक्रमण नहोला भन्ने उनलाई लागेको थियो ।
तर, १२ दिन अगाडि उनलाई ज्वरो आयो । ज्वरो आउने र ज्यान दुख्ने हुन थालेपछि प्रमोदलाई कोरोना संक्रमण भयो कि भन्ने शंका लाग्यो । यसपछि परिक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखियो । कोरोना पोजिटिभ देखिएपछि प्रमोद घरमै आइसोलेसनमा बसे ।
आठ महिना को अन्तरमा २ चोटि आक्रमण गर्यौ #कोरोना ले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसन बाट आज मुक्त भइयो ।
यस बीचमा उपचार मा सहयोग गर्नु हुने सबैलाइ धेरै धन्यवादआग्रह – पहिला लागेको र खोप लाए पनि सचेत रहौं, सुरक्षित रहौं pic.twitter.com/sFeo9CqPnj
— Pramod Kharel (@kharel777) May 27, 2021
साथै उनले प्रमोदले सामाजिक संजालमा कोरोनाका कारण मृत्यु भएका मानिसहरुलाई श्रद्धाञ्जली दिनु भन्दा फोन वा म्यासेज गरेर परिवारलाई सान्त्वना दिन आग्रह गरेका छन् ।
प्रमोदलाई कोरोना संक्रमण भएपनि उनको परिवारलाई भने यसले असर गरेको छैन । कोरोना संक्रमण भएको १२ दिन भएकाले प्रमोद आइसोलेसनबाट बाहिर आएका छन् । तर, कोरोनाको रिकोभरी समय हुने भएकाले अझै दुई साता आफू बाहिर ननिस्कने प्रमोद बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार