गुगलले डिभाइसहरू बिक्री गर्न खुद्रा स्टोर खोल्दै
नेपालबहस संवाददाता
जेठ १३, २०७८ शुक्रबार ०:३४:५५
गुगलले रिटेल स्टोरबाट फिटबिट डिभाइसहरू बिक्री गर्ने सिएनएनले जनाएको छ । सिएनएनका अनुसार गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गर्ने भएको हो ।
कम्पनीले बिहीबार घोषणा गरेअनुसार कम्पनीले यो पहिलो गर्मी मौसममा न्यु योर्क शहरमा गुगल स्टोर नाममा पहिलो भौतिक खुद्रा स्टोर खोल्दैछ ।
एप्पलको जिनियस बार अवधारणा जस्तै गुगलले पनि रिटेल स्टोरहरुमा दक्ष कर्मचारीहरु खटाउनेछ जसले गुगलका सामानहरुमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।
एक ब्लग पोष्टमा गुगलले रिटेल स्टोर स्थापना गर्ने कदम गुगलको हार्डवेयर तर्फको यात्रामा एक महत्वपूर्ण कदम रहेको जनाएको छ । केही वर्षयता गुगलले न्युयोर्क, शिकागो तथा लण्डन लगायतका सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकहरुले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।
तथापि आफ्ना सामान बिक्रीका लागि गुगल हालसम्म अधिकांशतः आफ्नो वेबसाइट तथा अन्य बिक्रेताहरुको भर पर्ने गरेको छ, जसमा बेस्ट बाइ तथा अमेजन लगायतका मुख्य छन् । विश्वमा आफ्नै रिटेल स्टोर सञ्चालन गरेर एप्पलले सफलता प्राप्त गरिरहेको भएपनि अन्य धेरै यस्ता कम्पनीहरू संघर्षरत छन् ।
यसअघि माइक्रोसफ्टले पनि आफ्नो रिटेल स्टोरको रुपमा धेरै ठाउँमा माइक्रोसफ्ट स्टोर्स खोलेको थियो । तर गत वर्षमात्रै माइक्रोसफ्टले ती सबै ८३ वटा माइक्रोसफ्ट स्टोरहरु बन्द गर्ने र अनलाइनबाट सामान बिक्रीमा केन्द्रित हुने घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक र सन्तोषीले जिते हाफ म्याराथनको उपाधि
चैत १०, २०८० शनिबार
ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
चैत ९, २०८० शुक्रबार
तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा
चैत ६, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार