अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १३:५१:३६
१४ जेठ, धनगढी । मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन । दलबहादुरले केही दिनअघि आफ्नी श्रीमती बिरामी भएपछि छिमेकीले सञ्चालन गरेको अटो रिक्सामा घोडाघोडी नगरपालिका–१ मा रहेको घोडाघोडी अस्पतालमा अस्पताल लगे र उपचार गरेर सोही रिक्सामा घर फर्किए । मध्यरातमै अस्पताल लगेर उपचार गरेर बिहानै श्रीमतीलाई घर लिएर गएका दलबहादुरले अटो छ र त आनन्द छ भन्दै भने ।
टाउकोमा चोट लागेकी छोरीलाई पहलमानपुरस्थित पहलमानपुर पोलीक्लिनिकमा लिएर आएका घोडाघोडी नगरपालिका–११ का श्यामलाल कठरिया तनावका बीच भन्दै थिए, “अटोरिक्सा भएर छोरीलाई अस्पतालसम्म लिएर आउन सके नत्र के पो हुन्थ्यो । छोरीलाई चोट लाग्ने बित्तिकै फोन गरे र अटो आइपगेपछि छोरीलाई अस्पताल ल्याउन सकेँ, नत्र छोरीलाई धेरै समस्या हुने थियो ।” स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपत्विपत् पर्दा बिरामी अस्पतालसम्म पु¥याउन धेरै सहज भएको कठरियाको भनाइ छ ।
अहिले गाउँगाँउमा सञ्चालन भएका अटोरिक्साले गर्दा सामान्य काममा बजार निस्कनेदेखि लिएर बिरामी हुँदा अस्पताल लैजान निकै सहजता भएको छ । स्थानीय किसानले गाउँघरमा उत्पादन गरेका तरकारी तथा अन्य उत्पादनलाई बजारसम्म लैजानसमेत गाउँगाउँमा सञ्चालनमा आएका अटोरिक्साले गर्दा सहज भएको छ ।
घोडाघोडी नगरपालिका–२ का अगना चौधरीले आफूले उत्पादन गरेका फलहरू लिची र आँप बजारसम्म लैजान अटोरिक्साकै प्रयोग गर्ने गरेको बताए । पहिला–पहिला यस्तो सुविधा थिएन, साइकल चलाएर चर्को घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको चौधरीको भनाइ छ ।
गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पु¥याउने गरेको पहलमानपुर बजार र आसपासमा अटोरिक्सा चलाउने टेकराज भट्टराईको भनाइ छ । रातारात बिरामीलाई पहलमानपुरबाट करिब ६० किलोमिटर टाढा अस्पतालसमेत पु¥याएको उनले बताए । हामी दिनरात चौबीसै घण्टा सेवामा हुन्छौँ । हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेकोजस्तो काम हुन्छ । रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन् भन्छन, भट्टराई ।
गाउँगाउँमा अटो सञ्चालन भएका कारण मानिसले बिरामीलाई तत्काल अस्पताल पु¥याउने गरेका कारण उनीहरूमा जोखिम कम हुने गरेको पहलमानपुरमा रहेको लक्ष्मी मेडिकलकी सञ्चालक दिना चौधरी बताउछन । पहिला–पहिला मानिस यातायातका साधन नहुँदा अस्पतालसम्म आउन ढिला भएका कारण निकै समस्या भोग्ने गरे पनि आजभोलि अटोरिक्साका कारण गाउँले जीवनमा परिवर्तन आएको चौधरी बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार