सर्वाेच्चमा विघटन उपर सुनुवाई हुँदै
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १६:४७:१२
१४ जेठ, काठमाडाैं । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनस्थापनाका लागि परेको रिट उपर सर्वाेच्च अदालतले आजबाट संवैधानिक इजलाशमार्फत सुनुवाई थाल्दैछ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले विघटनविरुद्ध परेका १९ वटा रिटको हिजो प्रारम्भिक सुनुवाई गर्दै गम्भिर व्याख्याको विषय भएकाले संवैधानिक इजलाशमै पठाउने आदेश हिजै गरेका थिए ।
सोही अनुरुप आज संवैधानिक इजलाश गठन गरी थप ११ सहित ३० वटा रिट उपर सुनुवाई गर्दैछ । विगतमा पनि यस्तै प्रकृतिको रिटमा सर्वाेच्चले आफ्नो फैसला दिइसकेकोछ । फैसलाको पूर्ण पाठ समेत तयार भइनसक्दै फेरि उही प्रकृतिको अर्काे मुद्धा परेको छ ।
संविधानको धारा ७६ को उपधारा ५ को प्रयोग कस्तो अवस्था र कसरी गर्न पाइने भन्ने विषयमा अदालतले व्याख्या गर्नुपर्ने अवस्था छ । संवैधानिक इजलाश गठनका लागि प्रधानन्यायधीशले हिजैबाट गृह कार्य थालेका छन् । आज ११ बजे भित्रै उनले संवैधानिक इजलाश गठन गरिसक्नेछन् । प्रधानन्यायधीशको अध्यक्षतामा पाँच सदस्यीय इजलाश गठन हुने कानूनी व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार