लाङटाङ क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १७:८:४४
१४ जेठ,रसुवा । पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्को बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ । समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।
सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ । कोभिड हो वा मौसमी फ्लु हो भन्नेबारे यकिन गर्न एन्टिजेन प्रविधिका सामग्रीसमेत स्वास्थ्यकर्मीको साथ पठाइएको अध्यक्ष तामाङले बताए ।
करिब ५०० जनसङ्ख्या भएको लाङटाङ क्षेत्रमा १५÷२० दिन अगाडिदेखि धेरैजसो यस्ता खाले स्वास्थ्य समस्या आएको बताउँदै स्थानीय छिमी रेन्जेन तामाङले भौगोलिक विकट स्थानमा भगवान्को भरोसा भन्दै बसिरहेको अवस्थामा स्थानीय सरकारमार्फत उपचारका लागि औषधिसहित स्वास्थ्यकर्मी पठाइएको खबरले गाउँवासीमा उत्साह भएको बताए । गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङ क्षेत्रमा बासिन्दालाई दैनिक उपभोग्य सामान भने खच्चरमार्फत स्याफ्रुबेँसीबाट ढुवानी गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार