खाद्यान्न आवश्यकता परे स्थानीयस्तरमै पुर्याइने
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १७:२४:२१
१४ जेठ,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा कसैलाई खाद्यान्न खरीद गर्नु परेमा स्थानीयस्तरमै उपलब्ध गराइने जनाएको छ ।
आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो । निषेधाज्ञाको अवधिमा कसैलाई खाद्यवस्तुको अभाव भई अत्यावश्यक खरीद गर्नुपर्ने भएमा स्थानीयस्तरमै आवश्यक व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै खरीद–बिक्रीको व्यवस्था मिलाएको छ । प्रशासनले खरीद–बिक्रीका लागि दुवै संस्थाका सम्पर्क व्यक्तिको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अवलम्बन गरिएका प्रावधानको पालना अत्यावश्यक देखिएकाले यसपालि आदेशमा कडाइ गरिएको छ ।
प्रशासनले दैनिक खाद्यान्न वस्तु खरीद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोर्समा बढी भीडभाड हुने, सामाजिक दूरी कायम नगर्ने तथा संक्रमणको जोखिम बढ्न गएको भन्ने जनगुनासो आएकाले उल्लेख गर्दै यही जेठ २० गतेसम्म लागू भएको निषेधाज्ञाको अवधिमा उपत्यकाका पसलसमेत बन्द गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
महानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार