खाम्लामा नमूना कृषि गाउँ कार्यक्रम शुरु
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १८:१२:३१
१४ जेठ,म्याग्दी । विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ ।
गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन शुरु गरेको हो ।
चालु आवमा रु ४० लाख विनियोजन गरिएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बाबजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमका कृषि प्राविधिक सगुन कटुवालले जानकारी दिए । “प्रदेश सरकारको ८५ र सहकारीको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ”, उनले भने, “सहकारीमार्फत फलफूल र तरकारी खेती विस्तार गर्न लागिएको छ ।”
विषादी र रासायनिक मलको प्रयोग विना जैविक प्रविधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले खिवाङ र खाम्लालाई सिफारिस गरेको थियो । सहकारीअन्तर्गत ५५ घरधुरी कृषक कार्यक्रममा आबद्ध भएका छन् । कार्यक्रममार्फत कृषि औजार, सामग्री, बिरुवा, बीउ वितरण, सिँचाइ पोखरी निर्माण, तालीम सञ्चालन गरिने सहकारीका अध्यक्ष रामबहादुर कामीले बताए ।
सिँचाइका लागि एक ठूलो र दुई साना पोखरी निर्माण भइरहेका छन् । बीस पलास्टिक घर निर्माण गर्ने, २० थोपा सिँचाई सेट तथा गोलभेँडा, खुर्सानी, काउली, बन्दा आदि जातका तरकारीका बीउ र छ मिनिटेलर हलो वितरण गर्ने कार्यक्रम छ । तीन हजार सुन्तला, दुई हजार ५०० कागतीका बिरुवा वितरण गर्ने र ३५५ खाडल खन्न अनुदान उपलब्ध गराइने भएको छ । तरकारी र फलफूल खेतीसम्बन्धी तीन÷तीन दिनको तालीम प्रदान गरिएको छ ।
खाम्ला र खिवाङ धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा पर्छ । यहाँ तरकारी उत्पादन भएपछि स्थानीयवासीले दैनिकरुपमा स्वच्छ र ताजा तरकारी उपभोग गर्न पाउने मात्र नभई नजिकैको बजार तथा पदयात्रा र आरोहणमा आउनेलाई बिक्री गर्न सक्छन् ।
भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने हालसम्म सडक सुविधा नपुगेको खिवाङ र खाम्लामा नमूना कृषि कार्यक्रम लागू भएकामा स्थानीयवासी उत्साहित भएका छन् । प्रदेश सरकारले बेनीको सिङ्गा सुर्केमेला, बास्कुना, मङ्गलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, रघुगङ्गाको भगवती घट्टटोल र अन्नपूर्णको भुरुङ्ग–तातोपानीमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार