संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुन् आवश्यक
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १८:२१:३१
१४ जेठ,काठमाडौं । विभिन्न श्रमिक संघ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ, पेशागत महासंघ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, समावेशी ट्रेड युनियन महासंघ, समाजवादी ट्रेड युनियन महासंघ र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि जुट्नुपर्ने बताएका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले संविधानको मूल्य, मान्यता र भावना विपरीत सरकारले यही जेठ ८ चालेको कदमले मुलुकलाई थप अनिश्चितता र अन्योलतर्फ धकेलेको बताए । श्रमिक संघ सङ्गठनहरुले धेरै श्रमिकले अक्सिजन, भेन्टिलेटर, औषधि र आइसियु श्यया नपाएर अकालमा ज्यान गुमाउनु परेको भन्दै जनताको उपचारका लागि ध्यान दिन सरकारसँग आग्रहसमेत गरेको छ । निषेधाज्ञाको समयमा हजारौँ श्रमिकको जागिर गुमेको भन्दै समस्यामा परेका श्रमिकलाई राहतको व्यवस्था गर्नसमेत श्रमिक संघ सङ्गठनले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
आज देशमा लोकतन्त्र आएको १८ वर्ष पुग्यो
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार