तमानखोलामा कोरोना संक्रमण जटिल बन्दै
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १८:४६:१७
१४ जेठ,बलेवा । भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका संक्रमित थोरै छन् । यहाँका संक्रमितमध्ये धेरै बिरामी छन् ।
कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म संक्रमणबाट बचेको तमानमा भारतबाट आएका मात्रै संक्रमित भएका थिए । अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीमा संक्रमण देखियो । दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ । अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै कोरोना पुष्टि भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भइसके । बाँकी ४९ मा नौजना गम्भीर बिरामी छन् ।
बिरामी बागलुङ र पोखराका अस्पतालका आइसियुमा छन् । यो सङ्ख्या संक्रमितको २० प्रतिशत हो । कूल संक्रमितको २० प्रतिशत गम्भीर बिरामी हुनु राम्रो नभएको स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालले बताए ।
“एकदुई पटक मात्रै परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो, परीक्षण बढाउँदा डरलाग्दो हुन सक्छ”, उनले भने, “परीक्षण गर्दा ७० प्रतिशतमा संक्रमण देखिएको थियो ।” यस क्रमले परीक्षण बढाउने र संक्रमित भेटिने हो भने डरलाग्दो अवस्था आउने उनले बताए ।
गाउँपालिकाले थप ८५ जनाको स्वाब सङ्कलन गरेर पीसीआरका लागि पठाएको छ । ती स्वाबबाट पनि धेरैमा संक्रमण देखिन सक्ने उनले बताए । घरघरमा लक्षणसहितका संक्रमित र शङ्कास्पद बिरामी भएकाले रिपोर्ट डरलाग्दो बन्ने उनले आशङ्का व्यक्त गरे । अघिल्लो वर्ष झैँ क्वारेन्टिन नबन्नु, शहरी क्षेत्र र भारतबाट आएका मान्छे सोझै गाउँ पुग्नुले संक्रमण घरघरमा पुगेको स्थानीयवासीले बताएका छन् । तमानखोलालगायत ग्रामीण क्षेत्रको चेतना कमी भएकाले संक्रमण बढ्दै गएको उनले बताए ।
ढोरपाटन नगरपालिकामा पनि संक्रमितमध्ये बिरामी भएर आइसोलेशन र अक्सिजनसहितको उपचार दिनुपर्ने बढिरहेका छन् । बोबाङलगायतका ग्रामीण बस्तीमा जुनसुकै बेला डरलाग्दो गरी संक्रमण फैलन सक्ने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङका प्रमुख डा मिलन मल्लले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार