भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १९:५१:२३
१४ जेठ, नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।
बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ ।
साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड ५७ लाख डोज खोप लगाइएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार