शुक्रबार , असार ११, २०७८

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

१४ जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै छ । बैंकले उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जनाएको छ ।

१४ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ ।

रिपो के हो ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने।रा।बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको
समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ ।रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नु अघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ । भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसके पश्चात् धितो स्वरूप राखेको सुरक्षणपत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान ८ घण्टा पहिले
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १४ घण्टा पहिले
धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ धारा ७६(५) प्रतिनिधिसभा जोगाउने ब्रम्हास्त्र होः रमण श्रेष्ठ १४ घण्टा पहिले
ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ९ घण्टा पहिले
कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव १४ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्न पायो अनुमति १८ घण्टा पहिले
ओली पक्ष सल्लाह लिंदै, महन्थ–राजेन्द्र समीक्षा गर्दै ओली पक्ष सल्लाह लिंदै, महन्थ–राजेन्द्र समीक्षा गर्दै १४ घण्टा पहिले
समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन १३ घण्टा पहिले