एक हजार बढी शेयरमूल्य भएका जलविद्युत् कम्पनी, कुनको शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २३:३२:१४
१४ जेठ काठमाडौं । राधी विद्युत् तथा रु रु जलविद्युत कम्पनीको शेयरमूल्य एक हजार नाघेको छ । यस दिनसम्म एक हजार बढी शेयरमूल्य हुनेमा पहिलो नम्बरमा रु रु जलविद्युत कम्पनी रहेको छ ।
त्यस्तै उच्च शेयरमूल्य हुनेको दोस्रोे नम्बरमा राधी विद्युत कम्पनीको रहेको छ । हाल रु रु जलविद्युतको शेयरमूल्य १ हजार ८५ रुपैयाँ रहेको छ भने राधी विद्युत्को शेयरमूल्य १ हजार ६५ रहेको छ ।
राधी विद्युत कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयरमूल्यमा वृद्धि भएको हो । कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, हालै रु रु जलविद्युतले आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओ निपष्कासन पश्चात कम्पनीको शेयरमूल्य १ हजार ८५ रुपैयाँ पुगेको छ ।
राधी विद्युत कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।कम्पनीले आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयर मूल्य ९ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू।४७ करोड ३५ लाख ५६ हजार रहेको छ । ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू। ६४ करोड ६४ लाख भन्दा बढी पुग्नेछ ।
दुई वर्ष अगाडि कम्पनीको शेयरमूल्य प्रतिकित्ता १३० मा थियो । एक सातादेखि हाइड्रोपावर समूहको बजार बुलिस ट्रेण्डमा रहेको छ । जसका कारण लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुमा रहेको छ । सोही कारण पनि कम्पनीको शेयरमूल्य बढ्न टेवा पुगेको हो ।
हाल नेप्सेमा ४० ओटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । पछिल्लो सयम सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी रु रु जलविद्युत र राधी विद्युत् कम्पनी रहेका छन् ।
केहिदिन अगाडि अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य बढी रहेको थियो तर हालैका दिनमा राधी विद्युत् कम्पनी र रु रु जलविद्युत सबैभन्दा बढी शेयरमूल्य पुगेको छ । उक्त कम्पनीले यसभन्दा अगाडि आव २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।
यी हुन् उच्च शेयरमूल्य रहेका जलविद्युत् कम्पनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
नेप्से दोहोरो अंकको गिरावट, दुई अर्बभन्दा बढीको कारोबार
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार