आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १३:४२:१९
१५ जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुने जनाएको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बदली भएको मौसम आजदेखि सुधार हुन महाशाखाले जनाएको हो ।
देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना आज नरहेको मौसमी बुलेटिनमा उल्लेख छ । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि-मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि गण्डकी, लुम्बिनी र प्रदेश-२ का केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली क्षेत्रहरुमा आज पनि हिमपात र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।
वसन्तकालीन आरोहण सिजन सकिन लागेकाले आरोहीहरु मौसम सुधारको पर्खाइमा रहेका बेला महाशाखाले आज पनि सावधानी अपनाउन आग्रह गरेको हो । यो समयमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने र वर्षाका कारण बाढी, पहिरो, सडक बन्द हुने जस्ता समस्या आउन सक्ने भएकाले सचेतना अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार