जटिल समस्या भएका संक्रमित निको हुँदै
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १५:५:३
१५ जेठ, गलेश्वर । बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना संक्रमितहरु निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म संक्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ ।
चारदिन अघि १७ जना संक्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रवार पाँच डिस्चार्ज भएको स्वास्थ्यकर्मी दीपा खड्काले जानकारी दिए । “हाइफ्लो दिइरहेको एक जनाको अवस्था अलि गम्भीर छ, बाँकीको अवस्था सामान्य छ”, खड्काले भने । अस्पतालमा केहीदिन अघिसम्म हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढेका थिए । आइसोलेशन कक्षमा उपचाररत सबै संक्रमित श्वासप्रश्वासको समस्या थियो ।
होम आइसोलेसनमा बसेकामा शरीरमा अक्सिजन मात्रा कम भएपछि अस्पताल आएका बिरामीमध्ये जटिललाई मात्रै पोखरा रिफर गरिएको र धेरै बिरामी बेनी अस्पतालबाट नै उपचारपछि घर फर्किएका अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । जिल्लामा दैनिक सयको हाराहारीमा संक्रमित थपिँदा बेनी अस्पतालमा पनि उपचारका लागि आउनेको चाप बढेको थियो ।
होम आइसोलेसनमै परामर्श सेवा
म्याग्दीमा कोरोना संक्रमितलाई होम आइसोलेसनमै परामर्श सेवा दिन थालिएको छ । स्थानीय तहले संक्रमितको मनोवल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन् ।
स्वास्थ्यकर्मीले नियमित रुपमा स्वास्थ्य सम्बन्धी परामर्श दिन थालेपछि संक्रमण जित्न सहज भएको सङ्क्रमितहरुले बताएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना संक्रमितकै घरदैलोमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि वितरण गर्ने काम शुरु गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार संक्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिने लगायतका सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेबल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ ।
घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधी वितरण गर्दा उनीहरुमा हौसला बढेको बेनी नगरपालिका १ का वडाअध्यक्ष टेकबहादुर रावलले बताए । “संक्रमण पुष्टि भएपछि मानिसहरु धेरै आत्तिदा रहेछन, यस्तो बेलामा मनोसामाजिक परामर्शले संक्रमितलाई हौसला प्रदान गर्दो रहेछ”, अध्यक्ष रावलले भने “ हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं ।”
संक्रमितको घरमा अरु सदस्यलाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाइजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मलगन लगायत स्वास्थ्य सामग्री पु¥याउने गरिएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए ।
मंगला गाउँपालिकाले सबै जनप्रतिनिधीहरुलाई क्षेत्र छुट्याएर संक्रमितहरुको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । “कसैलाई अस्पताल लैजानुपर्ने भएमा डाक्टरसँग परामर्श गर्छौ”, भुसालले भने, “दिनरात नभनी हामी घरदैलोमा छौँ ।” उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि सङ्क्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए ।
उनले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडा मार्फत संक्रमितको घरसम्म स्वास्थ्य सामग्री पु¥याउने गरिएको जानकारी दिए । “संक्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौ”, भण्डारीले भने, “औषधि र स्वास्थ्य सामग्री पनि दिन्छौँ ।” भेटघाटले संक्रमितलाई केही भए सरकार छ भन्ने हौसला हुने गरेको भण्डारीले बताए । कोरोना संक्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायाम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरुले बताउने गरेका छन् ।
बुधवार पछिल्लो २४ घण्टामा म्याग्दीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै म्याग्दीमा कोरोना संक्रमितको सङ्ख्या एक हजार ७७२ जना पुगेको छ । जिल्लामा ५५० सक्रिय संक्रमित पुगेका छन् भने १६४ वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना स.क्रमणबाट म्याग्दीमा बुधबार साँझसम्म ३६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रिपोर्ट आउन बाँकी रहेका मध्ये ९८ प्रतिशत ग्रामीण क्षेत्रका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार