विवेकशील साझाका नेता थापाको परिवारले प्रसाईको खर्च नलिने
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २०:०:३१
१५ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता तथा विवेकशिल नेपाली दलका पूर्वसंयोजक उज्जवल थापाको उपचारका लागि दुर्गा प्रसाईको सहयोग रकम नचाहिने परिवारले जनाएको छ ।
कोरोना संक्रमणपश्चात दुई सातादेखि उपचार गराइरहेका थापाको लागि प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले उपचार खर्च बेहोर्ने जनाएका थिए । तर, थापाको परिवारले प्रसाईको खर्च नलिने जनाएको हो ।
थापाको उपचारमा नेपाल तथा विदेशबाट सहयोग रकमले उपचार गरिरहेको र आगामी समयमा पनि त्यसरी नै उपचार खर्च जुटाउने भएकाले प्रसाईको खर्च नलिने परिवारले जनाएको हो।
हालसम्म थापाको उपचारको लागि ‘गो फन्ड मी’ मा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब २६,५०,००० जम्मा भएको जनाइएको छ।
थापाको स्वास्थय अवस्था जटिल बन्दै गएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदै छ । फोक्सोमा गम्भीर असर देखिएपछि थापालाई एक्मो मेसिनको सहायतामा उपचार सुरु गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार
मार्फा खोलामा बाढीले यातायात प्रभावित
चैत १६, २०८० शुक्रबार