टोकियो ओलम्पिकमा नेपालले सुटिङमा भाग लिने पक्का
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २१:२:१०
१५ जेठ, काठमाडौं । नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल (सुटिङ) खेलमा पछिल्लो पटक ठूलो सफलता हाँसिल गरेको छ ।
जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने टोकियो ओलम्पिकका लागि सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्धारित फायरिङ पोजिशनमा रही निश्चित गरिएको दूरीको टार्गेटबाट हतियारका माध्यमद्वारा (पेस्तोल र राइफल) निशाना लगाई तोकेको समय र गोली हानी बढी स्कोर प्राप्त गर्नेको जीत हुने खेल नै सुटिङ हो । कल्पनाले त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । सेनाको कालीबक्स गणकी सिपाही कल्पना टोकियो ओलम्पिकका लागि यस वर्ष वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुन् । ओलम्पिक कमिटीले तोकिएका विभिन्न मापदण्ड पूरा गरेका आधारमा कल्पना ओलम्पिकमा छनोटमा परेकी हुन् ।
त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित कल्पनाले यसअघि कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको उहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्मस्) मा उत्कृष्ट प्रतिस्पर्धा गरेकी थिइन् ।
भारतमा भएको वल्र्ड कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकूदमा पनि कल्पनाबाट निकै राम्रो प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रबाट प्रमुख महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।
यस वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी थिइन् । यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिएकी थिइन् ।
सुटिङमा उमेर समूह र तौल समूह नहुने हुँदा मिहिनेती खेलाडीलाई निरन्तर दक्ष प्रशिक्षकबाट प्रशिक्षण भएमा ओलम्पिक खेलमा समेत नेपाललाई पदक दिलाउन सकिनेछ । सुटिङमा खेल राइफल, पेस्तोल र रनिङटार्गेटमा खेलिन्छ । एक गोलीको सबैभन्दा बढी स्कोर १० हुनेछ । अहिले ३४ खेल विधा सञ्चालन गर्दै आएको त्रिभुवन आर्मी क्लब मुलुककै च्याम्पियनशिप विभागीय टोली हो ।
सेनाले पछिल्ला वर्षमा प्रधानसेनापति खेलकूद प्रतियोगितामा समेत सुटिङ विधा समावेश गर्दै आएको छ । व्यावसायिक रुपमा खेल्न सकिने यस विधालाई सेनाले प्राथमिकताका साथ अघि बढाइरहेको महासेनानी रायमाझीले जानकारी दिए ।
राष्ट्रियस्तरमा १० मिटर तथा दक्षिण एशियाली र अन्तरराष्ट्रिय प्रतियोगिता २५ मिटर र ५० मिटर दूरीमा यो खेल खेलाइने गरिएको छ । परापूर्वकालदेखि नै आफ्नो रक्षाका लागि सुटिङको प्रयोग गरिँदै आए पनि खेलका रुपमा जर्मनबाट १८औँ शताब्दीबाट शुरु भएका हो । नेपालमा २०३९ सालबाट शुरु भए पनि सेनामा विसं २०४३ बाट प्रवेश पाएको यस विधामा अहिले सेनाका १५ खेलाडी अभ्यासरत रहेको जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
हृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार