वृद्धभत्ता ४ हजार पुग्याे
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार २२:३९:२६
१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुरक्षा भत्ता ३३ वृद्धिको घोषणा गरेका हुन् ।
हाल ज्येष्ठ नागरिक भत्ता मासिक ३ हजार रहेको छ । बाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सरकारले जेष्ठ नागरिकका लागि व्यवस्था गरेको वृद्ध भत्तामा मासिक एक हजारले वृद्धि गरेको हो ।
कामचलाउ सरकारले राज्यलाई दीर्घकालिन भार पर्ने, लोकप्रियतामुखी र चुनावकेन्द्रित भएर वितरणमुखी बजेट ल्याउन नहुने अधिकांश विज्ञ तथा सरोकारवालाहरुको सुझावविपरित ओली सरकारले बजेटबाट वृद्ध भत्ता बढाएको हो ।
२०५२/५३ को बजेटबाट तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने शुरुआत गरेयता एमाले सरकारले यसलाई हरेक पटकको चुनावमा भोट प्रभावित गर्न प्रमुख चुनावी प्रतिबद्धताका रुपमा अघि सार्दै आएको छ । अहिले पनि आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा गरिसकेकाले सरकारले सोही चुनावलाई समेत हेरेर सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेको हो।
प्रधानमन्त्री केपी ओलीले केही महिनायता नै यसपटकको बजेटबाट वृद्धभत्तामा वृद्धि गर्ने बताउँदै आएका थिए। अझ उनले मासिक भत्ता एमालेको चुनावी घोषणापत्रमा लेखिए अनुसारको मासिक पाँच हजार रुपैयाँ यही बजेटबाट बढाउने आशय जनाउँदै आएका थिए ।
यद्यपि, यो बजेटबाट एक हजार रुपैयाँ मात्रै बढाएर यसलाई मासिक चार हजार पुर्याइएको छ ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०७६/७७ को बजेटबाट डा. युवराज खतिवडाले एक हजारले बढाएर मासिक तीन हजार बनाएका थिए । यस्तै, विष्णु पौडेलले पनि आव २०७४/७५ को आफ्नो पहिलो बजेटबाट यो भत्ता एक हजार रुपैयाँले नै बढाएर मासिक दुई हजार पुर्याएका थिए । विष्णु पौडेलको भन्दा ठिक अघिल्लो आव २०७३/७४ को बजेटबाट पनि तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले मासिक पाँच सय रहेको वृद्ध भत्तालाई दोब्बर पार्दै एक हजार रुपैयाँ बनाएका थिए ।
तत्कालिन नेकपा एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५२/०५३ को बजेटबाट ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि मासिक एक सय रुपैयाँ दिनेगरी वृद्ध भत्ताको थालनी गरेका हुन् । राजनीतिक प्रतिस्पर्धासँगै त्यसपछिका बजेटमा पनि अधिकांश सरकारले वृद्ध भत्तालाई लोकप्रियता र इगोको विषय बनाउँदा यो भत्ता पाउनेको उमेरहद घटाउँदै जाने र भत्ता रकम बढाउँदै लगियो।
उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० वर्षसम्म आइपुगेको छ । सरकारले दलित र एकल महिला जेष्ठ नागरिकलाई ६० वर्ष पार गरेपछि नै वृद्ध भत्ता दिँदै आएको छ। अन्य जेष्ठ नागरिकको हकमा भने पुरुषले ७० वर्ष र महिलाले ६५ वर्ष उमेर पूरा गरेपछि यो भत्ता प्राप्त गर्छन् ।
यसैगरी, एक सय रुपैयाँबाट सुरु भएको यो भत्ता रकम समयक्रमसँगै मासिक चार हजार रुपैयाँ पुगिसकेको छ । यो रकम क्रमशः मासिक एक सयबाट तीन सय, तीन सयबाट पाँच सय, पाँच सयबाट एक हजार र सोपछि तीन पटक एकरएक हजारले बढ्दै अहिलेको चार हजारमा आइपुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार
एमालेले समर्थन दिएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी
बैशाख ६, २०८१ बिहिबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
पर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’ [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार