राप्रपाले भर्चुअल माध्यमबाट पार्टी स्थापना दिवस मनायो
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १३:३:३३
१६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३१औं पार्टी स्थापना दिवस भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरि शनिबार मनाएको छ । पार्टी अध्यक्ष कमल थापाले संचालन गरेको कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष पुर्ब प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुर लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए ।
नेता चन्दले राप्रपालाई बलियो राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आबश्यकता रहेको बिचार ब्यक्त गरे । पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको अध्यक्षतामा संचालित कार्यक्रममा बोल्दै राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पुर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।
राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न राणाको आग्रह थियो । अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिबङ्गत नेताहरुप्रती श्रद्धा सुमन अर्पण गरेका थिए ।
गणतन्त्र ,धर्मनिरपेक्षता, संघीयताको बाटो बाट नभई राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने थापाको दाबी थियो । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले बिगतका कमि कमजोरी , सफलता असफलताको समिक्षा गर्दै पार्टीलाई गन्तव्य तर्फ अगाडि बढाउनु पर्ने चर्चा गर्दै काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको बताए ।
मुलुकलाई सहि दिशा दिनको निमित्त राप्रपा बलियो हुनुपर्छ (लोहनिले भने । कार्यक्रममा जनबर्गिए संगठनको तर्फबाट महिला संगठनकि अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश (१ का अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरुको तर्फबाट सप्तरी अध्यक्ष उम्देश्वर यादव र प्रबास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरु , सचिवालय कार्य ब्यबस्था समिती, सचिवालय सदस्यहरु, जनबर्गिय संगठनका प्रमुखहरु ,जिल्ला अध्यक्षहरु लगायतको सहभागिता रहेको र स्थापना दिबसको अबसरमा शुभकामना आदान प्रदान सहित पार्टीलाई शसक्त रुपमा अघि बढाउने प्रतिबद्धता ब्यक्त गरिएको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद्, सात जनाले आज लिए शफत
बैशाख ६, २०८१ बिहिबार
शरदसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार