गणतन्त्र दिवसमा विभिन्न संघसंस्थालाई नेविसंघले दियाे स्वास्थ्य सामाग्री
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १३:७:२७
१६ जेठ, स्याङ्जा । नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडाैं सम्पर्क समितिद्धारा जिल्लाका विभिन्न संघसंस्थालाई गणतन्त्र दिवसको अबसर पारेर स्वास्थ्य सामाग्री वितरण गरेको छ । पहिलो चरणको कोरोना संक्रमणका बेला पनि स्वास्थ्य सामाग्री वितरण गरेको सम्पर्क समितिले यो पटकको संक्रमणका बेला पनि वितरण गरेको हो ।
सम्पर्क समितिका सभापति ई.दिपेन्द्र क्षेत्रीको नेतृत्वमा कोरोना संक्रमणका बेला फ्रन्टलाईनमा बसेर काम गर्ने विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो । समितिले गह्रौ प्राथामिक स्वास्थ्य केन्द्र वालिङ, भीरकोट नगर अस्पताल, गल्याङ नगर अस्पताल र ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण गरेको समितिले जनाएको छ ।
कोरोना संक्रमणले माहामारी भएका बेला गणतन्त्रको अवसर पारेर समितिले वडा प्रहरी कार्यालय, शसस्त्र प्रहरी वेस क्याम्प, नेपाल प्रहरीको अस्थायी विट वालिङ मोड, टञाफिक प्रहरी पोष्ट वालिङ, गल्याङ् प्रहरी चौकी, बायाटारी प्रहरी विट, रामबाच्छा प्रहरी विट र प्रहरी चौकी दहथुममा माक्स, सेनिटाइजर र अक्सिमिटर वितरण गरेको जनाएको छ ।
सम्पर्क समितिले वितरण गरेको स्वास्थ्य सामाग्री एलओडी क्लवका संचालक समाजसेवी भुपेन्द्र जंग कुँवर र रुदिप श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि धिरेन विक्रम मोक्तान, युवा व्यवसायी कृष्ण राजन पंगेनी, नेपाली कांग्रेसका उद्योग विभागका केन्द्रीय सदस्य प्रकाश तिवारी, युवा समाजसेवी मणि भुषाल, विमल गैह्रे, सुमन मल्ल, ई.रुदिप प्रधानले सहयोग गरेको समितिका उपसभापति सरोज पौडेलले बताए । यो अभियानलाई जिल्लाभर पुगेर सहयोग गर्ने पौडेलले बताए ।
आफ्नो ज्यानलाई जोखिममा राखेर यो माहामारीमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, संचारकर्मी र सामाजिक अगुवाहरुलाई नमन गर्नु बाहेक हामीले अरु ठुलो सहयोग गर्न सक्दैनौ समतिका सभापति क्षेत्रीले भने । यो बिषम परिस्थितीमा अग्रपंतिमा काम गर्ने राष्टञसेवकलाई थोरै भएपनि सहयोग गर्न पाउनु आफैमा खुशी भएको भन्दै यस महान कार्यमा हामीलाई स्वास्थ्य सामाग्री दिएर सहयोग गर्नेहरु प्रति सभापति क्षेत्रीले आभार व्यक्त गरे ।
नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई कुट पिट भएको खबरले आफुलाई दुखी तुल्याएको भन्दै यस्तो माहामारीमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको समेत सभापति क्षेत्रीले माग गरे । सबै नागरिक यो स्वास्थ्य संकटका बेला कुनै राजनीति नगरी कोरोना संक्रमण बिरुद्ध लाग्न समेत समितिले आग्रह गरेको छ । यो संक्रमणका बेला सम्पर्क समिति जस्ता सुकै सहयोग गर्न तयार रहेको समेत जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार