पपुलिष्ट भनिएको बजेटमै यत्रो असन्तुष्टी
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १६:३१:७
१६ जेठ, काठमाडौं । संसद वहुमत गुमाएको र काम चलाउमा परिणत भइसकेको केपी ओली नेतृत्वको सरकारले हिजो अध्यादेशबाट ल्याएको बजेट पूर्णत प्रचारमुखी छ । देशलाई ऋणको भारमा चुर्लुम्म डुबाएरै भएपनि यो सरकारले ल्याएको बजेट कार्यान्वयनमा आउन नसक्ने कतिपय जानकारहरुले बताएका छन् ।
निजी क्षेत्रले समेत यो बजेट राम्रो भएपनि कार्यान्वयनको पाटो भने फितलो हुन सक्ने औंल्याएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भन्छन्– बजेट भाषण सुन्दा निजी क्षेत्रप्रति सरकार संवेदनशील हुन खोजेको देखिएपनि कार्यान्वय भने जटिल रहेको छ ।
उता, अर्थविज्ञहरुले समेत यो बजेट केवल चुनावलाई प्रभावित पार्न ल्याइएको आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कोरोना नियन्त्रणका लागि भनेर विनियोजन गरिएको बजेट खर्च गर्ने प्रभावकारी संयन्त्र नै नबनेकाले सरकारले गर्ने खर्च पारदर्शी नहुने बताए ।महामारीलाई निहुँ बनाएर सत्ता लम्ब्याउने र भ्रष्टाचारलाई बढावा दिने मनसाय यो बजेटमा प्रष्ट देखिएको उनले बताए ।
यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी पनि सरकारले ल्याएको बजेट मतदातालाई प्रभावित गर्ने खालको रहेको आरोप लगाए । संसद्मा बहुमत गुमाइसकेको काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन पाउने कतै पनि अभ्यास नभएकाले ओली सरकारले ल्याएको बजेटको वैधानिक हैसियत नै नरहेको उनले बताए ।
संसद्मा अल्पमतमा रहेको सरकारले पूर्ण बजेट ल्याउँदासमेत विपक्षी दलले प्रभावकारी ढंगले विरोध गर्न नसकेकाले यस्तो अवस्था आएको उनको आरोप छ । सरकार आफैंले पनि बिचार गर्नुपर्ने हो, संसद विघटन भएको छ अनि ६ महिनापछि कदाचित अर्काे सरकार बन्यो भने के होला ? अर्काे सरकारले ओलीको कार्यक्रमलाई निरन्तरता देला ? प्रश्न उठेको छ – उनले भने ।
त्यसैगरी संसद विघटनविरुद्ध अदालतमा सुनुवाई भइरहेकाले त्यसले पुनस्थापना गरिदियो भने अर्काे लफडा आइलाग्ने उनको तर्क छ । कांग्रेस नेता डा. खड्का पनि ओली सरकारले राजनीतिक , नैतिक र कानूनी प्रकृयाकै खिल्ली उडाउने गरी पूर्ण बजेट ल्याएको भन्दै दुख प्रकट गरे । संसद् पुनस्थापना हुने अवस्थामा ओली सरकारले जबर्जस्ती पपुलिष्ट बजेट ल्याएर नयाँ सरकारमाथि आर्थिक र राजनीतिक बोझ भिडाउने मनसाय राखेको देखियो – उनले भने ।
राष्ट्रसेवक कर्मचारीप्रति सरकारले ओठे राहत दिएको भन्दै कर्मचारी संगठनहरुले आपत्ति प्रकट गरेका छन् । निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपाल पोखरेल भन्छन्– राष्ट्रसेवक कर्मचारी नै अहिले पनि फ्रण्टलाइनमा बसेर सेवा दिंदैछन् , उनीहरुका लागि सरकारले २ हजार तलब बढाएर चरम निसाशा बढाएको छ । अहिलेको महंगीमा कर्मचारीले केवल २ हजार थपेर पाएको तलबले केही राहत नपुग्ने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार