आज साँझ एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १९:१५:३८
१६ जेठ, काठमाडौं । बदलिंदो राजनीतिक परिवेश र पार्टीभित्रको आन्तरिक विवादको चपेटामा परेका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आज साँझ ५ बजे स्थायी कमिटी बैठक डाकेका छन् ।
प्रधानमन्त्रीमा विपक्षी दलका नेता शेरबहादुर देउवालाई समर्थन गरेका २३ जनालाई कारबाही गर्न र पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न ओलीले बैठक डाकेको बालुवाटार निकट स्रोतले बताएको छ । साथै बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायत ११ जनालाई ओलीले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी हटाइसकेका छन् भने बाँकी १२ जनासँग स्पष्टीकरण सोधेका थिए । आज उनीहरुलाई समेत कारबाही हुने बताइएको छ । गत १२ जेठमा स्थायी कमिटीले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण सोधेको थियो ।
साथै, प्रधानमन्त्री ओलीविरुद्धको विपक्षी पार्टीको मोर्चाबन्दीमा माधव नेपाल कस्सिएर लागेपछि त्यसबारे छलफल गरी आवश्यक रणनीति बनाउन समेत आजको बैठकले निर्णय गर्ने बताइएको छ । देउवा निवासमा आज बिहान पाँच राजनीतिक पार्टीका नेताहरु बसी प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी कस्ने निर्णय भएको थियो । बैठकपछि गठबन्धनले जारी गरको संयुक्त प्रेस विज्ञप्तिमा नेता नेपालले समेत हस्ताक्षर गरेका छन् ।
उक्त विज्ञप्तिमा नेपालको पद एमालेका वरिष्ठ नेता भनी उल्लेख भएकोमा बालुवाटारले आपत्ति प्रकट गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज ट्वीट गर्दै असन्तुष्टी व्यक्त गरेका हुन् । अहिले नेपाल एमालेको वरिष्ठ नेता नरहेको र त्यो हैसियतमा हस्ताक्षर गर्नु भनेको राजनीतिक बेइमानी हो भन्दै थापाले आपत्ति प्रकट गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार