न्यायधीशद्वय केसी र श्रेष्ठप्रति आपत्ति
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १९:३६:५६
१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलाशमा जारी सुनुवाईको क्रममा आज पनि कानून व्याबसायीहरुले दुई जना न्यायधीशको निष्पक्षताप्रति प्रश्न उठाए । न्यायधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको इजलाशले विगतमा तत्कालिन नेकपाप्रति आग्रहपूर्वक आदेश दिएको भन्दै अहिले पनि रिट प्रभावित हुन सक्ने भन्दै प्रश्न उठेको छ ।
आजको सुनुवाई प्रारम्भ हुने वित्तिकै वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की र शम्भु थापाले न्यायधीश श्रेष्ठले फागुन २३ मा नेकपा विभाजन गर्ने फैसला गरेको र सो उपर केसीको इजलाशले पुनरावलोकन नहुने फैसला गरेकोले पूर्वाग्रह हुने भन्दै बेञ्चबाट हटाउन माग गरे । प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि पहिला मुद्धा हेरेको पक्षको मुद्धा उही न्यायधीशले फेरि हेर्न नपाउने भन्दै वरिष्ठ अधिवक्ता कार्कीले उनीहरुलाई इजलाशबाट बिदा गरेर न्यायको प्रत्याभूति गर्न अनुरोध गरे ।
तर प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले भने त्यसको प्रतिवाद गरे । उनले भने – संवैधानिक इजलाश गठनप्रति यसरी बायस बन्न भएन । यसअघि पुष ५ गतेको विघटन विरुद्धको सुनुवाईमा आफूसमेत संलग्न भएकाले त्यस्तो प्रश्न जायज नहुने तर्क गर्दै प्रधानन्याधीश राणाले भने –मेरा हकमा चाहिं प्रश्न उठेन नि त ?
राणाले यस्तो भनेपछि वरिष्ठ अधिवक्ता थापाले भने– श्रीमान्ले उठाएको प्रश्न ठीक हो, यो मुद्धालाई विवादरहित बनाउन प्रधानन्यायधीशले बिदा लिएर बस्दा ठीक हुन्छ । गएको शुक्रबारबाट थालिएको सुनुवाईमा पहिलो दिन नै वरिष्ठ अधिवक्ता गोबिन्द बन्दीले पनि न्यायधीश श्रेष्ठको उपस्थितिप्रति प्रश्न उठाएका थिए ।
नेकपा मुद्धामा निवेदक ऋषि कट्टेलले माग नै नगरेको विषय प्रवेश गरेर न्यायधीश श्रेष्ठ र कुमार रेग्मी सम्मिलित इजलाशले पार्टी विभाजन गर्ने निर्णय गरेको थियो । त्यसैले पनि श्रेष्ठ श्रीमान्ले यो मुद्धाको सुनुवाईमा नबस्नु उत्तम हुने थापाले तर्क गरे । वरिष्ठ अधिवक्ता कार्कीले भने– दुई जना श्रीमान्को निष्पक्षतामा प्रश्न उठेपछि बेञ्चमा नबस्दा राम्रो हुन्छ । यसअघि पनि हरिकृष्ण कार्की श्रीमान्का बारेमा प्रश्न उठ्दा उहाँले नबस्ने घोषणा गरेजस्तै न्यायधीशद्वय केसी र श्रेष्ठले निर्णय लिनुपर्ने उनको तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार