ओलीको व्यस्ततापछि स्थायी कमिटी बैठक स्थगित गरियाे
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार २२:४६:२७
१६ जेठ, काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको व्यस्ततापछि स्थगित भएको हाे ।
आज अपरान्ह ५ बजे बालुवाटारमा बोलाइएको बैठक सोमबार बिहानसम्मका लागि स्थगित गरिएको छ । समसामयिक विषयमा छलफल गर्न बाेलाइएकाे स्थायी कमिटी बैठक अब भोलि बिहान १० बजे बस्ने भएको छ ।
एमालेको अघिल्लो स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विपक्षी एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालगायतका १२ जना सांसदलाई स्पष्टीकरण माग गरेको थियो ।
यद्यपि उनीहरु कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । यता नेता घनश्याम भुसालले भने शनिवार फेसबूकमार्फत ‘मेरो स्पष्टीकरण’ भनेर आफू उल्लंघनमा पनि विकल्प रोज्नुपर्ने ठाउँमा पुगेको र नेपालीको आकांक्षा अनुसार संसदीय मर्यादाको उल्लंघन गरेको बताएका छन् ।
स्पष्टीकरणमा उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन्। तर संविधान र राजनीतिका लागि आफूले त्यो विकल्प रोज्नुपरेको उनको भनाइ छ।
यसअघि विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीलगायतका ११ जना नेतालाई पार्टीबाटै निष्कासन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार