एसईईका लागि अनुमति माग
नेपालबहस संवाददाता
जेठ १६, २०७८ सोमबार १:१८:२२
१६ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ वैकल्पिक विधिबाट गर्न राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ। जेठ १३ गतेका लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न बोर्डले अनुमति मागेको हो ।
बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो ।
आइतबार बसेको परीक्षा बोर्डको बैठकले समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा लैजान आग्रह गरिएको बताइएको छ ।
जेठ १३ गतेदेखि परीक्षा सुरु गर्ने गरी एसईईको प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो।
एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने तालिका थियो। गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिइएको थियो। यसपटक पनि एसईई आन्तरिक मूल्यांकन वा यस्तै वैकल्पिक विधिबाट लिने गरी बोर्डको तयारी छ।
तर महामारीका कारण परीक्षा रोकिएपछि ५ लाख १७ हजार विद्यार्थी तनावमा छन् । कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार