गृह मन्त्रालयलाई अत्याधिक बजेट विनियोजनः हातहतियार खरिद की निर्वाचन ?
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १७:५२:२८
१७ जेठ, काठमाडौं । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा निर्वाचनलाई लागि अमूर्त विनियोजन गरेको छ । आगामी ६ महिनाभित्र दुई चरणमा निर्वाचन घोषणा गरेको सरकारले निर्वाचनका लागि खास बजेट छुट्याएको छैन । तर निर्वाचनका लागि परिचालित हुने फ्रन्टलाइनर विभागीय निकायलाई भने सरकारले बजेट बृद्धि गरेको छ ।
सरकारले यसवर्ष निर्वाचनलाई समेत दृष्टिगत गरेर गृहमन्त्रालयलाई ठूलो परिणाममा बजेट बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि गृह मन्त्रालयलाई कूल एक खर्ब ६६ अर्ब ९० करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । शनिबार अर्थमन्त्री विष्णु पौडयालले बजेट प्रस्तुत गर्दा गृहलाई कूल बजेटको १०.१३ प्रतिशत रकम विनियोजन गर्दे विगत वर्षको तुलनामा करिब १७ प्रतिशले बढी बजेट विनियोजन गरेका छन् । सरकारले सुरक्षाकर्मीहरुको राशन भत्ता तथा हातहतियार खरिदका लागि बजेट विनियोजन गरेको हुनसक्ने आंकलन पनि गरिएको छ । यद्यपि सरकार यी दुवै विषयलाई एक साथ अघि बढाउन चाहन्छ ।
खासगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीमा तालिम प्रयोजनका लागि हातहतियार खरिद गर्नुपर्ने अवस्था भएकाले पनि रकम बढाइएको बताइएको छ । तर मन्त्रालय यो विषयमा स्पष्ट छैन । ‘निर्वाचन भए त्यो रकम निर्वाचनमा खर्च हुन्छ भएन भने सुरक्षा निकायको वृत्ति विकासमा खर्च हुन्छ’, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार प्रतिनिधिसभाको विघटनसँगै मध्यावधि निर्वाचन घोषणा गरेकाले गृह मन्त्रालयका लागि बजेट बढाइएको हुन सक्ने आंकलन गरिएको छ । बजेटमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने हातहतियार, सुरक्षा उपकरण तथा सवारीको व्यवस्थापन गरी सुरक्षा निकायलाई सुदृढ र सबल बनाईने उल्लेख छ ।
सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाई आएको राशन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । यस्तै, थप १२० बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने जनाएको छ । सरकारले ६ वर्षपछि सुरक्षाकर्मीको रासन भत्ता वृद्धि गरेको हो । गत ०७२ माघमा कायम भएको दररेट अनुसार राशनभत्ता वितरण हुँदै आएकोमा यस वर्ष थप भएको हो । तर उनीहरुले कम्तीमा ३३ प्रतिशत रकम राशन भत्तामा बढाउन आग्रह गर्दै आएका थिए । विगतको तुलनामा मूल्यबृद्धिको दर बढेकाले उनीहरुले कम्तीमा ३३ प्रतिशत राशन भत्ता बढाउनु पर्ने उनीहरुको माग थियो । सरकारले त्यसलाई सम्बोधन गर्न नसक्दा उनीहरु दिलैदेखि खुशी हुन सकेका छैनन् ।
गत माघ ९ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्य वृद्धि भएको निष्कर्ष निकाल्दै सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको थियो ।
बजेटमा उल्लेख गरे अनुसार सीमा नाकामा रहेका सबै अध्यागमन कार्यालयको भौतिक पूर्वाधार सुधार, नेपाल भित्रिने विदेशीको बायोमेट्रिक विवरणसहितको अभिलेख विद्युतीय प्रणालीमा अद्यावधिक गरिनेछ । त्रिभुवन विमानस्थलमा अध्यागमन सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन यात्रुको विवरण अग्रीम रुपमा प्राप्त हुने ‘एडभान्स प्यासेन्जर इन्फरमेशन सिष्टम’ प्रयोग गरी कोडसहितको विद्युतीय प्रवेशाज्ञा जारी गरिने व्यवस्था मिलाइने भएको छ ।
यससँगै कारागारलाई सुधार गृहमा विकास गरिने, नुवाकोट र बाँकेमा खुला कारागारको निर्माण आगामी वर्ष सम्पन्न गरिने तथा पाँचथर र मोरङमा कारागार निर्माण गर्न रकम विनियोजन गरेको छ । तर हरेक वर्ष खुला कारागारको विषय बजेटमा आउने भएपनि यसलाई समेटिएको पाइदैन् । काठमाडौंको केन्द्रीय कारागारलाई नुवाकोटमा स्थान्तरण गर्ने र खुला कारागारको विषय वस्तु उठेको १० वर्ष भन्दा बढी भयो तर अझै कार्यान्वयनतर्फ अघि बढेको छैन । अहिलेको बजेट भाषणमा यो विषयले पुनः प्राथमिकता पाएपनि कति बजेट विनियोजन गर्ने भन्ने बारेमा केही बताइएको छैन ।
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेको तीन वर्ष भएको छ । तर बजेट भने गृहमन्त्रालयबाटै विनियोजन हुन्छ । प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई सिधै रिपोटिङ गर्ने भनिएको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाटै बजेट दिनुपर्नेमा गृहबाटै सुराकी खर्चको शीर्षक र अनुसन्धान विभागका लागि भनेर बजेट दिने गरिएको छ । विभागलाई बलियो र पुर्नसंरचना गर्ने सरकारी योजना अन्र्तगत यसवर्ष विभागको बजेट पनि बढ्ने विभाग स्रोतले जनाएको छ । निर्वाचन भएमा भने विभागले सबै मन्त्रालयबाट सुराकी वापतको खर्च भने छुट्टै पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार