आखिर किन विवादमा पर्छ राणाको निर्णय ?
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १७:५:४१
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदातलमा जारी सुनुवाईको क्रममा कानून व्यवसायीहरुले एउटै कुरामा बहस केन्द्रित गरे–विवादास्पद न्यायधीशले इजलाश त्याग्नुपर्छ । गएको शुक्रबाट संवैधानिक इजलाशमा थालिएको सुनुवाईको पहिलो चरणबाटै कानून व्यवसायीहरुले यही माग उठाए ।
पहिलो दिन निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता गोबिन्द बन्दीले उठाएको यो विषय प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाका निम्ति प्रिय थिएन । त्यसैले उनले बन्दीको तर्कसँग असहमत हुँदै एक घण्टा अगावै इजलाश अन्त्य गरे । त्यसपछि हिजो आइतवार बसेको दोस्रो इजलाशमा त यो विषय यति सिरियसली उठ्यो कि राणा नै अलमलमा परे । हिजो बहस गर्ने सबैले पहिला यहि विषयमा निक्र्याेल गरेर मात्रै सुनुवाई थाल्नुपर्ने आवाज बुलन्द बनाए ।
गोबिन्द बन्दीले उठाउँदा जंगिएका प्रधानन्यायधीश राणा हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल , शंभु थापालगायतले अझ सशक्त रुपमा यही विषयमा बहस केन्द्रित गरेपछि भने अलि गल्न पुगे । किनभने वकीलहरुले न्यायाधीश बमकुमार श्रेष्ठको मात्र नभएर अर्का न्यायधीश केसीको भूमिकामा समेत प्रश्न उठाएका थिए ।
गएको फागुन २३ गते न्यायधीश श्रेष्ठको इजलाशले निवेदकको माग दाबी भन्दा पर गएर नेकपा भन्ने पार्टी नै दुई टुक्रा बनाइदिएका थिए । त्यस उपरको पुनराबलोकन सम्बन्धी मुद्धामा प्रधानन्यायधीश राणासहित न्यायधीश केसी सम्मिलत संयुक्त इजलाशले रिट नै खारेज गरिदिएको थियो । यो विषय जोडतोडले उठेपछि प्रधानन्यायधीश राणा नरम भए । उनले भने–त्यसो भए मेरो बारेमा पनि त तपाईंहरुको धारणा उही होला नि ?
जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने – प्रधानन्याधीशको विकल्प नहोला, तर अरुको त विकल्प छ नि । यदि सम्मानीयलाई पनि त्यस्तै लाग्छ भने विदामा बसेर पनि निकास दिन सकिन्छ । यस्तो बादविवाद भएकाले दुई दिन चलेको सुनुवाई मूल विषयवस्तुमा प्रवेश गर्नै पाएको छैन । अर्काे सुनुवाई भोलि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
तर विवादमा परेका दुई न्यायधीशका बारेमा के गर्ने भन्ने टुंगो चाहिं आजै लाग्नेछ । सामान्यत विवादमा परिसकेपछि न्यायमूर्तिले त्यस्तो इजलाश त्याग्ने गर्छन् । उनीहरुले पनि आज नै इजलाशमा नबस्ने घोषणा गर्ने सम्भावना छ – एक कानून व्यवसायीले भने । प्रधानन्यायधीश राणाको अनावश्यक चलखेल र सत्तारोहणको तीब्र आकांक्षाले गर्दा न्यायलयमाथि कार्यपालिकाको छायाँ पर्ने गरेको धेरैको बुझाई छ । किनभने राणाको प्रधानमन्त्री केपी ओलीसँगको हिमचिम बाक्लो देखिन्छ ।
न्यायपालिका प्रमुख सामान्यत कार्यपालिका प्रमुखको ढोकामा जाने चलन छैन । तर राणा भने प्रधानमन्त्री निवास पटकपटक छिर्ने गरेको आरोप लाग्ने गरेको छ । त्यति मात्र होइन, अध्यादेशमार्फत एकलौटी पारामा संवैधानिक नियुक्ति जस्तो गलत काम गर्ने ओलीको मनसुवा पूरा गर्न राणाको बलियो साथ देखिने गरेको छ । त्यसैले राणाको भूमिका विवादमुक्त रहेको छैन ।
यसअघि पनि पुष ५ गते भएको विघटन विरुद्ध गठित संवैधानिक इजलाश समेत विवादित भएको थियो । प्रधानमन्त्री ओली निकट मानिने न्यायधीश हरिकृष्ण कार्कीले विवादमा परेपछि इजलाश त्यागेका थिए । अहिले पनि त्यही अवस्था दोहाेरिएको छ । आखिर किन त ? पटक पटक एकै खालको परिस्थिति दोहाेरिएको ? धेरैले यस्तो प्रश्न उठाउने गरेका छन् । त्यसको कारण भनेकै प्रधानन्यायधीशको कार्यशैली र व्यवहार हो । उनले विधि र परम्परा भन्दा अनुकूलतालाई प्राथमिकतामा राखेकाले यस्तो अवस्था निर्माण भएको हो ।
संवैधानिक इजलाश गठन गर्दा उनले कुनै मापदण्ड नै अपनाएका छैनन् । एउटा गाइडलाइन बनाएको भए यस्तो विवाद नै आउने थिएन । सबैभन्दा राम्रो मापदण्ड भनेको सिनियरिटीलाई बनाएको भए हुन्थ्यो । त्यसो गरिएन । दोस्रो विकल्पमा विषय विज्ञ वा ज्ञाताहरुको इजलाश बनाउन सकिन्थ्यो । त्यो पनि भएन । भयो के त भन्दा राणाले आफ्ना एस म्यानलाई तानेर ल्याए ।
चाहे ती जुनियर वा विषय विज्ञ नै किन नहुन् । अहिले पनि प्रधानन्यायधीश राणाले न्यायधीशहरु केसी र श्रेष्ठलाई छाने । रोष्टरमा उनीहरुको नाम पुछारमा भएपनि आफ्ना एस म्यान भएकैले राखिएको सबैको अनुमान छ । यसको जवाफ दिन नसकेकाले नै राणाका हरेक कदम विवादमा पर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार