सत्तामा गएलगत्तै जसपा फुट्ने
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १७:३०:३८
१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी भित्रको विवाद चरमचुलीमा छ । दुई भागमा विभक्त जसपाले एक अर्कालाई कारबाही गर्ने प्रकृया थालिसकेका छन् । तर कारबाही नै भने कसैले कसैलाई गरिसकेको अवस्था छैन ।
महन्थ ठाकुर र उपेन्द्र यादव दुबैले एक अर्काको कदमपछि मात्रै थप निर्णय गर्ने तयारी थालेका छन् । महन्थ पक्षको चाहना छ – सकेसम्म कार्यकारिणी परिषदमा पनि बहुमत जुटोस् , अनि मात्र सरकारमा जाने निर्णय गरौंला । तर महन्थको यो चाहना पूरा हुने अवस्था देखिएको छैन ।
जसपाको केन्द्रीय कार्यकारिणी परिषदमा ५२ जना छन् । जसमध्ये ३० जना उपेन्द्र पक्षमा छन् । तर विघटित संसदीय दलमा भने महन्थ बहुमतमा छन् । ३२ मध्ये २० जना महन्थ पक्षमा उभिएका छन् भने १२ जना मात्रै उपेन्द्रसँग बसेको अवस्था छ ।
त्यसैले महन्थको चाहना परिषदमा समेत वहुमत जुटाउनमै केन्द्रित रह्यो । त्यसका लागि लैनचौरस्थित भारतीय दूतावास खुलेरै मैदानमा आएको थियो । तैपनि परिषदमा भने वहुमत जुटाउन सकेन । त्यसैले अब भने महन्थ पक्ष पुरानो राष्ट्रिय जनता पार्टी नै ब्यूँताएर भएपनि अलग्गिने निश्कर्षमा पुगेको छ ।
उपेन्द्रको चाहना पनि त्यही हो । पार्टीको मूलधार आफैंसँग रहेपछि ठाकुरसँग गएका सांसद्हरुको भविष्य पनि आफ्नै हातमा आउने उनको बुझाई छ । त्यही भएर महन्थ लगायत चार जना नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नआएपनि उनले कारबाही प्रकृया अगाडि बढाएका छैनन् ।
उपेन्द्रले चाहेको अर्काे महत्वपूर्ण विषय भनेको महन्थको सत्तारोहण होस् भन्ने । अब जसरी भएपनि सत्तामा जाने पक्षमा पुगेको महन्थ जति चाँडो सरकारमा जान्छ, पार्टीमा आफ्नो हैसियत त्यति नै बलियो बन्ने उनको बुझाई रहेको छ । सरकारमा जान नपाएकाहरुलाई आफूतिर तान्न र संसद् पुनस्थापना भएको अवस्थामा सत्तामा लैजाने लालचसमेत उनका लागि उपयोगी हुने देखिएको छ ।
महन्थ पनि उपेन्द्रको यो चाल बुझेर सत्तामा अलि ढिलै जान चाहन्थे । तर अर्का नेता राजेन्द्र महतोको हतारले गर्दा अब दबाब थेग्न नसक्ने अवस्थामा पुगेका छन् । त्यही भएकाले आज सखारै महन्थ – राजेन्द्र बालुवाटार पुगे । उनीहरुले आठ मन्त्री र दुई जना राज्यमन्त्री दिन प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन् । यसबारे अब छिट्टैै निर्णय लिने जानकारी ओलीले गराएका छन् ।
महन्थ पक्ष सत्तामा जाने वित्तिकै उपेन्द्रले अनुशासनको डण्डा चलाउने भएका छन् । त्यसको संकेत अर्का नेता डा. बाबुराम भट्टराईले समेत दिइसकेका छन् । आज बिहानै उनले ट्वीट गरेर अब हात मिलाएरै आ–आफ्नो बाटो लाग्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यसको अर्थ अब जसपा सग्लो नरहने निश्चित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार