६५ लाख लागतमा दृश्यावलोकन स्तम्भ निर्माण
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार १८:५३:१९
१७ जेठ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । दृश्यावलोकन स्तम्भ रु ६५ लाखको लागतमा निर्माण हुन् लागेको हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए ।
“अहिले भ्यू टावर निर्माण शुरु गरिएको यो ठाउँ नारायणी नदीसँगै जोडिएको छ”, नगरप्रमुख रानाले भने, “नारायणी नदीको पारिपट्टि चितवन राष्ट्रिय निकुञ्ज छ, दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको ठाउँबाट दुर्लभ वन्यजन्तु गैँडा, सङ्कटापन्न अवस्थाका घडियाल गोही सहजरुपमा देख्न सकिन्छ ।” प्राकृतिकरुपमा समेत रमणीय रहेकाले ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख रानाले बताए । नगरपालिका–२, ३, ४, ६ र १२ मा घरबास ९होमस्टे० रहेकाले घरबाससँगै यहाँको पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ बनाउन शुरु गरिएको रानाको भनाइ छ ।
“ब्रह्मस्थानमा निर्माण शुरु गरिएको भ्यू टावरको माटो परीक्षण तथा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पार्न नगरपालिकाको रु पाँच लाख खर्च भएको छ”, नगरप्रमुख रानाले भने, “अहिले गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाखमा काम शुरु गरेका छौँ, आवश्यक पर्ने बाँकी रकम आगामी आर्थिक वर्षमा जुटाउने छौँ ।” आगामी आर्थिक वर्ष २०७८/७९ मा भ्यू टावर निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको रानाले बताए । नगरपालिकाले ब्रह्मस्थानसहित वडा नं १४ को दुई स्थानमा समेत दृश्यावलोकन स्तम्भ निर्माणका लागि काम अगाडि बढाएको उनको भनाइ छ ।
उपभोक्ता समिति निर्माण गरेर ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको हो । दृश्यावलोकन स्तम्भ निर्माण उपभोक्ता समितिका सहसचिव सुवाष नेपालले निर्माणाधीन भ्यू टावरको सबै संरचना तयार पार्दा करीब १० कट्ठा क्षेत्रफल ओगट्ने बताए । पैंतालिस फिट अग्लो हुने उक्त दृश्यावलोकन स्तम्भ चार तलाको हुने उनको भनाइ छ । स्तम्भबाट एकैपटक ३५ जना व्यक्तिले यहाँको दृश्यावलोकन गर्न सक्ने बताइएको छ ।
दृश्यावलोकन स्तम्भ निर्माणस्थल चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिमा पर्दछ । यस स्थानमा निकुञ्जबाट निस्किएका गैँडा, बँदेललगायत जनावरले कृषकले लगाएको अन्नबाली खाएर नष्ट गरिदिँदा वन्यजन्तुप्रति उनीहरुको दृष्टिकोण फरक भएकाले समेत स्थानीयवासीलाई संरक्षणमा सहभागी गराउनका लागि दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको सहसचिव नेपालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार