राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशमा पनि उस्तै
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २०:५१:२०
१७ जेठ, काठमाडाैं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाका लागि आज भएको निर्वाचन परिणाम कस्तो आउला ? धेरैको चासो रहेको छ । गएको जेठ ६ गते सम्पन्न बाग्मती प्रदेशकै इतिहास दोहरिएला कि नदोहरिएला भन्ने जिज्ञाशा धेरैमा रहेको छ ।
बुटवलमा जारी मतदान लगभग सकिने अवस्थामा पुगेको छ । केही प्रतिनिधिले बाहेक प्राय सबैले मतदान गरिसकेका छन् । साढे ३ बजेबाटै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
यो निर्वाचनलाई निकटबाट नियाल्नेहरु भन्छन्–इतिहास फेरि दोहरिनेवाला छ । अर्थात यहाँपनि नेकपा एमालेका तर्फबाट उमेदवार रहेका चन्द्रबहादुर खड्का पराजयको निकट देखिएका छन् । यस्तै, लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिई काँग्रेसबाट उमेदवार बनेका दीर्गनारायण पौडेलले यहाँ पनि जित्ने लगभग निश्चित रहेको बताइन्छ ।
यो निर्वाचनमा बाग्मती प्रदेश जस्तो धेरै शक्ति सत्ता पक्षले खर्चेन । तर खड्कालाई जिताउन मुख्यमन्त्री शंकर पोखरेल भने कस्सिएका थिए । खड्काले एमालेकै मतदाताबाट मत पाउने अवस्था भने क्षीण देखियो । किनभने खड्का एमालेका नेता कार्यकर्ता नरही माओवादीबाट आएका र पदलोलुप हुन् भन्ने सन्देश प्रदेशमा फैलिएको छ ।
कांग्रेसका तर्फबाट उमेदवार रहेका पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह , जनता समाजवादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको समेत सहयोग रहेको छ । आज साँझसम्म मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा नेपाली कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार