म्याग्दीमा एक हप्ता थपियो निषेधाज्ञा
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २०:५०:४७
१७ जेठ,गलेश्वर । म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ । तर बैंक तथा वित्तीय संस्था भने साताको दुई दिन खुल्ने भएको छ ।
जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञा भने आज राति सकिँदैछ । निषेधाज्ञाको समयावधिभरि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । साताको आइतबार र बुधबार दुई दिन बिहान १० देखि २ बजेसम्म बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई खोल्न दिने निर्णय भएको प्रजिअ अधिकारीले बताए । यसैगरी तरकारी, खाद्यान्न, बीउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ देखि १० बजेसम्म खुल्ला रहनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार