तत्काल चीनसहितका देशमा हवाइ उडान अनिश्चित
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २२:५८:४९
१७ जेठ, काठमाडाैं । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान तत्काल नहुने भएकाे छ । गत बिहीबारको बसेको मन्त्रिपरिषद बैठकले जुन १ अर्थात् जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेपनि भोलि खुल्ने भनिएको चीनसहितका देशमा हवाइ उडान अनिश्चित भएको हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको जानकारी गराएका थिए ।
तत्काल उडान खुल्ने निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म नपुगेपछि तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उडान खुल्अन झै एक साता लाग्ने छ ।
क्वारेन्टाइन व्यवस्थापन, वायुसेवा कम्पनीलाई दिने उडान अनुमति संख्या लगायत विषयको टुंगो अझै लाग्न बाँकी छ । जसले गर्दा १८ जेठदेखि तीन मुलुकमा हुने भनेको उडान नियमित नहुने निश्चित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म उडान सञ्चालन गर्नेबारे कुनै निर्णय आएको छैन ।
सोमबार वा मंगलबार निर्णय आएपछि उडान व्यवस्थापन मिलाउन कम्तीमा एक साताको समय लाग्छ । सोही कारण एक साता तोकिएका मुलुकमा समेत नियमित उडान नहुने निश्चित भएको हो ।
उपत्यकका गत वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो। जेठ १४ गतेदेखि थपिएको एक साताको लकडाउन पनि थप कडा पारिएको छ। किराना पसलहरु पनि खोल्न दिइएको छैन। तरकारी पसलहरु बिहान ९ बजे मात्र खुल्छन्। अनावश्यक हिँड्ने पैदल यात्री र सवारीसाधनलाई जरिवाना गर्न थालिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार