संक्रमितको शव व्यवस्थापन गर्दै स्काउट
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २३:५७:२१
१७ जेठ,विराटनगर । कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापनमा नेपाल स्काउट सघाउन लागि परेको छ । स्काउटको प्रदेश नं १ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।
यसअघि नै संक्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश नं १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।
उनका अनुसार शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको छ । स्काउटले स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले ‘डाक्टर अन कल हेल्पलाइन’ लगायत विभिन्न सेवा पनि सञ्चालन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
गौरादहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार