राष्ट्रपतिको खोप कुटनीति कार्यकारीको रहर कि प्रचारबाजी ?
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १३:३२:१९
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनका कारण विपक्षी राजनीतिक दल र जनस्तरबाट आलोचना खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारी यतिवेला विभिन्न मूलकसँग खोप सहायता माग्न निकै ब्यस्त हुँदै आएकी छन् । दैनिक जसो राष्ट्रपति भण्डारी कोभिडविरुद्धको खोपमा सहयोग गर्न विभिन्न मुलुकका समकक्षीलाई पत्राचार गरिरहेकी छन् ।
उनको यो सक्रियतालाई आलंकारिक राष्ट्रपतिलाई कार्यकारीको रहरको रुपमा उच्चस्तरीय पहलका रूपमा स्वीकार गर्ने कि कूटनीतिक संयन्त्रको विफलता र राजनीतिक प्रचारबाजीको रुपमा भन्ने विषयमा यतिबेला सतहमा बहस सुरु भएको छ ।
कार्यकारी प्रधानमन्त्री भएको मुलुकमा राष्ट्रपतिको सक्रियता सुहाउने कुरा नभएको भन्दै कतिपयले भने यसलाई प्रतिनिधिसभाको विघटनपछि अलोचना र बहस अन्यत्र मोर्डन गरिएको प्रचारबाजीका रूपमा अर्थ्याएका छन् ।
अलंकारिक राष्ट्रपति कार्यकारीको शैलीमा अगाडि आउनु कुनै पनि कोणबाट स्वाभाविक मान्न नसकिने राजनीतिशास्त्रीले बताएका छन् ।परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई कार्यकारी प्रधानमन्त्री हुँदाहुँदै आलंकारिक राष्ट्रपति सक्रिय हुनु अस्वाभाविक भएको बताएका छन् । ‘हामीसँग सबै विकल्प बन्द भए भने त्यति बेला राष्ट्रपतिको सक्रियता स्वाभाविक मानिन्छ। अहिले उहाँको सक्रियता बुझ्न नसकिने किसिमको छ,’ भट्टराईले भने।
यस्तै पूर्वराजदूत भेषबहादुर थापा राष्ट्रपतिले समकक्षीसँग वार्ता गरेर सहयोगका लागि आग्रह गर्न सक्ने तर त्यसका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिसमक्ष प्रस्ताव गर्नुपर्ने बताउँछन्। कतिपयले भने राष्ट्रपति नै अघि सर्नुपर्ने अवस्थालाई कूटनीतिक संयन्त्रको विफलताका रूपमा अर्थ्याएका छन् ।
राष्ट्रपतिले भारत, अमेरिका, चीन, वेलायत, रुस लगायतका देशहरुसँग पत्रचार गरेपनि चीनले बाहेक अरुले खोप पठाउने प्रतिबद्धता जनाएका छैन । भारतले दुइ महिना अघि नै आफ्नै नागरिकलाई खोप नपुगेको भन्दै सहयोग गर्ने अवस्था नरहेको नेपाल सरकारलाई जानकारी गराइ सकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार