उपल्लो डोल्पामा बिरामीको सङ्ख्या बढ्दो
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १६:४४:५९
१८ जेठ,जाजरकोट । उपल्लो डोल्पामा बिरामी बढेसंगै औषधि अभाव हुन् थालेको छ । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको छ । अहिले डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् ।
तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो । सो कुरा जिल्लादेखि प्रदेश र संघ सरकारलाई समेत जनकारी गराइएको थियो, तर कोरोना परीक्षणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत राज्यका कुनै निकायबाट गाउँपालिकाहरूले सहयोग पाउन सकेनन् ।”
उपल्लो डोल्पाका स्थानीयवासीले अक्सिजन, व्यक्तिगत सुरक्षा सामग्री तथा औषधिलगायतका सामग्री पाएका छैनन् । पटकपटक संघ र प्रदेश सरकारसँग माग गर्दा पनि गम्भीरतापूर्वक नलिइएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष ग्याल्पो थापा भोटेको दुखेसो छ । “चाँडोभन्दा चाँडो माग पूरा गर्न सरकारलाई माग गर्छौँ”, डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले भने । स्थानीय तहले तत्काल ४०० देखि ४५० केजी औषधिका साथै आवश्यक किट हेलिकोप्टरबाट शे–फोक्सुण्डो गाउँपालिकाको सालदाङ र डोल्पोबुद्ध गाउँपालिकाको धोमा पठाइदिन आग्रह गरेका छन् । खच्चडमार्फत उपल्लो डोल्पा लैजाँदा धेरै समय लाग्ने हुँदा हेलिकोप्टर प्रयोग गर्न आग्रह गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
बैशाख ९, २०८१ आइतबार
दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार