प्रधानन्यायधीश राणा र सर्वाेच्च बार पदाधिकारीबीच छलफल हुँदै
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १७:१६:४४
१८ जेठ, काठमाडौं । संवैधानिक इजलाशको गठनबारे वरिष्ठ वकीललगायत नागरिक समाजबाट व्यापक आलोचना भएपछि सर्वाेच्च अदालतका प्रधानन्यायधीश निकास दिन सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीसँग छलफलमा जुटेका छन् ।
अहिले सर्वाेच्च अदालतमा सर्वाेच्च बारका पदाधिकारीसँग प्रधानन्यायधीश ज्यू छलफलमा हुनुहुन्छ– सर्वाेच्च अदालतका एक कर्मचारीले बताए ।बैठक भर्खरै सुरु भएको उनले जानकारी दिए । गत शुक्रबार चोलेन्द्र शमशेर राणाले पाँच सदस्यीय संवैधानिक इजलाश गठन गरेका थिए । जसमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । न्यायधीशद्वय केसी र श्रेष्ठको नाममा कानून व्यावसायी र नागरिक समाजले प्रश्न उठाएको छ ।
यसरी प्रश्न उठेपछि न्यायधीशहरु कार्की र भट्टराईले समेत चासो राखेका छन् । उनीहरुले विवादित भएर इजलाशमा नबस्ने धारणा राखेपछि प्रधानन्यायधीश राणा थप दबाबमा परेका छन् । यद्यपि विवादित न्यायधीशहरुलाई आफ्ना कुरा आज बस्ने इजलाशमै राख्न दिनुपर्ने पक्षमा उनीहरु सहमत छन् ।
तर प्रधानन्याधीश राणाले आजै बिहान एक्कासी सर्बोच्च बारका पदाधिकारीहरुसँग यसबारे छलफल गर्ने निश्कर्ष निकालेका हुन् । छलफलका लागि बिहान साढे १० बजेका लागि समय निर्धारण भएको थियो । तर बैठक भर्खरै सुरु भएको छ । यो बैठक सकेर मात्रै आजको इजलाश बस्ने भएकाले केही ढिला हुन सक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार